उदयपुर–१ बाट रास्वपाका पारश मणि गेलाल विजयी

0
68

उदयपुर । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र न–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारश मणि गेलाल विजयी हुनुभएको छ। अन्तिम मत परिणाम अनुसार उहाँले ३० हजार ५ सय ९० मत प्राप्त गर्दै १८ हजार ९८४ मतको फराकिलो अग्रता सहित विजयी हुनुभएको हो। अन्तिम मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका राजेश कुमार राई ११ हजार ६०६ मतसहित दोस्रो स्थानमा रहनुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरीले १० हजार २१ मत प्राप्त गर्नुभएको छ। त्यसैगरी नेपाली काँग्रेसका विदुर वस्नेत ले ९ हजार ६७५ मत प्राप्त गर्दा नेकपा (एमाले) का दुर्गा कुमार थापाले ९ हजार २०६ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सुभास चन्द्र खड्का ले ९४१ मत प्राप्त गर्नुभएको छ। अन्य उम्मेदवारहरूमा जनता समाजवादी पार्टीका गणेश कुमार राई ले ५९७, उज्यालो नेपाल पार्टीका अर्जुन तामाङ ले ५६४, मंगोल नेशनल अर्गनाइजेसनका बद्री विक्रम राईले १२०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अमृत बहादुर खत्री ले ११२, संयुक्त नागरिक पार्टीका सुरेश राई ले १०१, नेपाली जनता दलका कुशेश्वर चौधरीले ८५, स्वतन्त्र उम्मेदवार देवराज रोकाले ८३, आम जनता पार्टीका मनोज कुमार पौडेलले ४९, नेपाल मजदुर किसान पार्टीका विष्णु बहादुर खत्री ले ४८, राष्ट्रिय जनमोर्चाका लिलकुमार राई ले ४४, नागरिक सर्वोच्चता पार्टी नेपालका प्रशान्त कुमार राईले ४४ र नेपाल जनमुक्ति पार्टीका गोकर्ण राईले ३० मत प्राप्त गर्नुभएको छ। यस क्षेत्रमा कुल ८० हजार ५९ मत खसेकोमध्ये ७३ हजार ९१६ मत सदर भएका छन् भने ६ हजार १४३ मत बदर भएका छन्।
उदयपुरको क्षेत्र नं. २ मा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन् । क्षेत्र न. २ बाट रास्वपाका सूर्य बहादुर लामाले विजयी हाँसिल गर्नुभएको थियो । तामाङले १४ हजार ८ सय २ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत पाएका छन्। तामाङ र रायमाझीबीच ७ हजार १ सय ५४ मतको फराकिलो अन्तर कायम भएको छ। नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राई ७ हजार २ सय १० मत ल्याएर तेस्रो स्थानमा सीमित भएका छन्। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका सुरेशकुमार राईले ५ हजार ९ सय ९७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका बलराज राई ४ हजार १ सय ३९ मतसहित पाँचौं स्थानमा रहेका छन्। क्षेत्रमा कुल ९६ हजार १३१ मतदातामध्ये ४४ हजार ६३४ मत खसेको हो।