Tuesday, July 21, 2026
Homeकोशी प्रदेशमदन भण्डारी राजमार्गको सडक सीमा ३१–३१ मिटर कायम गर्न निर्देशन

मदन भण्डारी राजमार्गको सडक सीमा ३१–३१ मिटर कायम गर्न निर्देशन

उदयपुर,२०८३ बैशाख १५ गते, मंगलबार । मदन भण्डारी राजमार्गअन्तर्गत सडक केन्द्रबाट दायाँ–बायाँ ३१–३१ मिटर सडक सीमा कायम गर्न सडक विभागले निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले दुधौली नगरपालिकालाई राजमार्गको राइट अफ वे सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयद्वारा पठाइएको पत्रअनुसार, बाहुनडाँगी,शान्तिनगर,धरान,चतरा,गाईघाट,कटारी,सिन्धुली,हेटौँडा,गैँडाकोट,रामपुर,राम्दी,रिडीतम्घास,सिमलटारी,शौतामारे,बेचुबार,लिबाङ,घर्तिगाउँ,थारमारे,बागमारे,सितलपट्टी,सल्याण,खलङ्गा,कुभिन्डे,भेडावारी,धलियाबिट,बिरेन्द्रनगर,सिमचौर,कर्णाली,बिपीनगर,सहजपुर,बुडर,जोगबुढा हुँदै रुपालसम्म जोडिने करिब १२०० किलोमिटर लामो सडक खण्डलाई सार्वजनिक सडक ऐन,२०३१ अनुसार राजमार्गको रूपमा वर्गीकरण गरी मदन भण्डारी राजमार्ग नामकरण गरिएको छ । मिति २०७५ जेठ ६ र २०७८ बैशाख १३ गतेको निर्णयअनुसार सो सडक सहायक राजमार्गको रूपमा रहँदा सडक केन्द्ररेखाबाट दायाँ–बायाँ १५–१५ मिटर दूरी कायम गरिएको थियो। तर अब सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ ३१–३१ मिटर सीमा कायम गर्ने नयाँ व्यवस्था लागू गरिने भएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular