Tuesday, July 21, 2026
Homeसमाचारभरुवा बन्दुक पड्किएर १ जना घाइते

भरुवा बन्दुक पड्किएर १ जना घाइते

उदयपुर,२०८३ बैशाख १५ गते, मंगलबार ।   उदयपुरमा आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । मंगलबार साँझ करिब ६ः०० बजे बेलका नगरपालिका–६, बबला बगुवा बस्ने ३० वर्षका सुमन राईले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा उनी घाइते भएका हुन् । जिलला प्रहरी कार्यलय उदयपुरका अनुसार बन्दुक पड्किँदा उनको पेटमा चोट लागेको थियो । घाइते राईलाई तत्काल उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा), धरान पठाइएको छ। उनको अवस्था हाल मध्यम रहेको जनाइएको छ। घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिई अनुसन्धान गरेको छ। साथै घटनास्थलबाट भरुवा बन्दुक बरामद गरिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular