युवा महिलाहरुलाई ब्याडमिन्टन खेलको प्रशिक्षण शुरु

0
45

 उदयपुर । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले आदीवासी जनजाती युवा महिलाहरुलाई ब्याडमिन्टन खेलको प्रशिक्षण सुरु गरेको छ । फिमिको सहयोगमा संचालित परियोजना अन्तगर्त महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले दनुवार युवा संजाल र थारु युवा संजालका युवा महिला र किशोरीहरुलाई १ महिने ब्याडमिन्टन खेलको प्रशिक्षण सुरु गरेको हो ।

समुदायमा रहेको महिलाहरुको नेतृत्व विकास,सशक्तिकरणको पाटोमा काम गर्दै आइरहेको स्रोत केन्द्रले जनजाती युवा महिलाहरुको क्षमतालाई बाहिर ल्याउन खेलको माध्यम रोजेको छ । सरकारले लगानी गरेको खेल क्षेत्रका संचरनाहरुमा महिलाहरुको पहुच नै एकदम कम हुने गरेकोले यो युवा महिलाहरुलाई दिइने ब्याडमिन्टन प्रशक्षिणले खेलकुदको क्षेत्रमा युवा महिलाहरुको पहुचमा बृद्धि हुने लक्ष्य रहेको महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो ।

मंगलवार जिल्ला खेलकुद विकास समिती बोक्से उदयपुरमा रहेको कर्वड हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ब्याडमिन्टन खेलको प्रशक्षिण सुरु गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापा,गैसस महांसघ उदयपुरका अध्यक्ष सृजना पौडेल र ब्याडमिन्टन संघ उदयपुरका अध्यक्ष किसन राईले खेलले भित्र रहेको प्रतिभाहरुलाई बाहिर ल्याई ,आफनो व्यक्तित्व बिकास र आफुमा क्षमता अभिबृद्धि गर्न मद्धत पुग्ने बताउनुभयो । जसले गर्दा नेतृत्व विकास भई महिला हिसां ,घरेलु हिसां र समाजमा रहेको हानिकारक परम्परालाई चिर्न मद्धत पुग्ने बताउनुभयो ।

२६ जना सहभागि रहेको व्याडमिन्ट खेलको प्रशिक्षण रुबेन राइले गर्नुहुनेछ । १ महिनाको बन्द प्रशिक्षण पश्चात प्रशिक्षार्थीहरुलाई प्राितयोगितामा सहभागी गराइने जनाएको छ ।