उदयपुर । महिला सुरक्षा सेवा केन्द्र उदयपुर बाट १ सय १९ जना बढीले सेवा लिएका छन् । २०८० साउन देखी २०८१ जेठ सम्म उदयपुर जिल्लाका ८ वटै पालिका र देशको विभन्न जिल्लाहरुवाट रेफर गरि ल्याएका हिसां प्रभावित महिला र किशोरीहरुले महिला सुरक्षा आवास उदयपुरबाट सेवा लिएका छन् ।
जसमा त्रियुगा नगरपालिका वाट सेवा लिने धेरै रहेका छन् । त्रियुगा नगरपालिकाका ३० जना,बेलका नगरपालिकाका २० जना चौदन्डिगढी नगरपालिकाका १५ जना, कटारी नगरपालिकाका ११,रौतामाई गाउँपालिकाका १० जना,उदयपुरगढी गाउँपालिकाका १५ जना लिम्चुङबुङ गाउँपालिकाका २ जना बाहिर जिल्लाहरु बाट रेफर भई आएको काठमाण्डौ वाट ३ जना,खोटाङवाट ६ जना,सिरहा वाट २ जना सप्तरी वाट २ जना मोरङवाट १ जना,सुनसरी वाट १ जना,कास्की वाट १ जना र झापा वाट १ जना गरि जम्मा १६ जनाले बाहिरी जिल्लाहरु वाट समेत सेवा लिएको ओरेक नेपाल उदयपुरका जिल्ला संयोजक बाला कार्कीले बताउनुभयो ।
२०८०/०८१ को सुरक्षाआवासको तथ्याङक हेर्दा घरेलु हिसां प्रभावित २८ जना,कुटपिट,१८ जना,बुहुविवाह ४ ,वालविवाह ५ बलात्कारको घटना १४ चारित्रिक आरोप १२,मानसिक यातना ७ मानव बेचविखन २,समाजिक हिसां२ बलात्कारवाट ३ जना प्रभावित भएको देखिन्छ ।
यस्तै संयोजक कार्कीका अनुसार यस वर्षमा सुरक्षा बासमा सेवा लिन आएका हिसा प्रभावित एक सय जनालाइ महिला सुरक्षावास सेवा केन्द्रमा राखी मनोविमर्श सेवा कानुनी परामर्श तथा कानुनी सहयोग स्वास्थ्य उपचार , प्रसुती सेवा कपडा सहयोग यातायात सहयोग प्रभावकारी सेवा प्रदान गरिएको थियो ।
एक जना फरक क्षमता भएको वालिकालाई १ बर्ष ४ महिनाको सुरक्षावास सेवा पश्चात मेचीनगर पालिका ७ इटाभट अपांग सेवा केन्द्रमा थप शिक्षा स्वास्थ्यको लागि व्यबस्थापन गरिएको छ ।
७५ बर्षिय बेबारिसे बुद्ध आमालाई ८ महिना सम्म सुरक्षावास सेवाप श्चात देवघाट बृद्धा आश्रममा दिर्घकालिन सेवाको लागि व्यबस्थापन गरिएको छ । हिंसा प्रभावित ७ जनालाई रु ३० हजारको दरले बिउँपूजीको रुपमा सहयोग गरिएको थियो जसबाट व्यबसाय गरिरहेको अवस्था छ । यस आर्थिक बर्षमा जम्मा ३१ वटा घटनाहरु अदालती प्रकृयामा रहेको कारण न्यायीक प्रकृयाको लागि ओरेकले सहयोग गरिरहेको बताउनुभयो ।
यस आर्थिक बर्षमा सवैभन्दा बढि २० देखी २९ बर्षको उमेर समुहका महिलाहरु हिंसामा पारिएको सख्या छ ,शिक्षामा आधारभूत तह,जात जातीमा जनजाती महिलाहरु र पेशाको आधारमा गृहणी र सानो उमेरमा विवाह भएको महिलाहरुको सख्या रहेको छ ।
ओरेक नेपालले त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा हिंसा प्रभावित व्यक्तिलाई तत्काल सुरक्षाप्रदान गर्न तथा मनोवैज्ञानिक ,शारिरीक र कानूनी उपचारको क्रममा उनिहरुलाई सुरक्षित तवरले बस्ने व्यबस्था गर्ने सिलसिलामा हिंसामा परेका महिलाहरुलाई लक्षित गरि २०५६ साल देखि ओरेकले सुरक्षा आवास संचालन गर्दै आएको छ ।
२०६९ साल देखि साविकको जिल्ला विकास समिति र त्रियुगा नगरपालिकाको सहयोगमा महिला सुरक्षाआवास संचालनमा आएको हो ।हाल जिल्ला समन्वय समिति उदयपुरको निर्देशन तथा संरक्षणमा त्रियुगा नगरपालिकासँगकोे सहकार्यतामा सुरक्षा आवास संचालनमा हुदै आएको छ ।