स्नेह केन्द्रमा पाएको स्नेह 

0
91

उदयपुर । गत बैशाख १८ गते सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीमा गाउँनै सखाप हुने गरि भिषण आगलागी हुदा पुजादेवी सदाको घर पनि जल्यो । घर संगै उनको मन पनि जल्यो । उनको मात्र होइन घरबार बिहिन भएका त्यहाँका सवै नागरिकको अवस्था,ब्यथा उस्तै छ ।ज्याला,मजदुरी गरि गुजारा गर्ने उक्त बस्तीमा आगलागी हुदा ६८ वढी घर जलेर नष्ट भएको थियो ।

घरवार बिहिन हुनु परेपछी बिपद्को सामाना गरिरहेका दलित,मुस्लिम बस्तीका महिलाहरु मानसिक रुपले विक्षिप्त बन्न पुगे । घर संगै घरमा भएका सवै सामानहरु खरानी भए । पालमा टेन्टको बास,बर्षातले बस्तीको केहि भाग डुवान,खाधन्नको लागि राहतको भर,डर,त्रास र समाजिक तथा मानसिक हिसां भोगिरहेका आगलागी पिडित महिलाहरुको लागि ओरेक नेपालद्धरा संचालित स्नेह केन्द्र(महिला मैत्रि सुरक्षित स्थल)ले बास्तवमै तेहाका महिलाहरुले स्नेह पाएका छन् ।माया पाएका छन् । स्नेह केन्द्र उनिहरुको आफनो मनको कुरा राख्ने,पोख्ने स्थल बनेको छ ।स्नेह केन्द्र उनिहरुको घाउँको मलहम जस्तै बनेको छ ।

स्नेह केन्द्रले उनिहरुलाई मनोपरामर्श दिएको छ । परामर्श पछी उनिहरुको मनमा लागिरहेको डर,त्रास कम भएको बविता सदाले बताइन् । यस्तै चन्द्रकला सदाले स्नेह केन्द्रका म्याडमहरुले हरेक कुराहरुमा आफुहरुलाई सहयोग गरेको बताइ्न । यहाँ आए पछि सरसफाईको बारेमा सिकाएको,मिठो खानेकुराहरु खान दिएको ,यहाँ आए पछि हामी सुरक्षित महसुस हुने गरेको चन्द्रकला बताउछिन् ।

यस्तै सोहि ठाउँकी माहाबती सदा आफनो श्रिमानले दिनै झगडा गर्ने कुटपिट गर्ने गरेको तर स्नेह केन्द्रको परामर्शले श्रिमानमा सकारात्मक परिवर्तन आएको छ । उहाँ दिनभरी काममा जानु हुन्छ । म घरपरिवारलाई हेर्छु । नजिकै काम पायो भने गर्छु । बैठक भेलाहरुमा पुगेको छु ।श्रिमानको माया र व्यवहारले अहिले उनि खुसी भएको बताउछिन् ।
स्नेह केन्द्रले महिला सुमह,किशोरी समुह बनाएर काम गरिरहेको छ । मनोपरामर्श संगै राहात,उद्धार सरसफाई, स्वास्थ्य र शिक्षाको बिषयमा सहजिकरण गरिरहेको छ ।

महिलाहरुको स्वास्थ्य समस्यालाई अस्पताल सम्म पु¥याई उपचारको व्यवस्था मिलाउने विशेषगरि महिलाहरुमा पाठेघर सम्वन्धीका समस्याहरु रहेको स्नेह केन्द्रका इन्चार्ज मन्जु महतो बताउनुहुन्छ । यस्तै बालवालिकाहरुलाई विधालयमा पठनपाठनको लागि सहजिकरण गरिरहेको छ ।

गर्भवति तथा सुत्केरी महिलाहरुलाई पौष्टिक खानेकुराको ब्यवस्थापनमा सहयोग गरिरहेको बताउनुहुन्छ । स्नेह केन्द्रमा महिलालाई विपद्पछि हुनसक्ने हिंसा, हिंसा भएमा के गर्ने, एकअर्कालाई कसरी सघाउने, तनाव व्यवस्थापन गर्ने तरिका समेत सिकाउने गरिन्छ ।

यस्तै आगलागि बाट पिडित बनेका उनिहरुको विपदको चोट नसेलाउदै अर्को अर्को पिडा आइपरेको छ । सुकुम्वासी उक्त बस्ती आगलागि पछि घरबारी भएको उक्त जग्गा अन्य ब्यक्तिहरुले हाम्रो हो भनेर दावि गरिरहेका छन् ।पुस्तौ पुस्ता देखि बसोबास गरिरहेको ऐलानि,गाउँ बल्क जग्गाहरु तेहाका अन्य व्यक्तिरुलेनै नाप,जाच गरि आहिले हटाउने प्रयास गरिरहेको उनिहरुको गुनासो छ ।

सुरक्षित आवास र राहातको पर्खाइमा अझै उनिहरु बसिरहेका छन् । उनिहरुलाई पुनःसंचरना सहित उचित व्यवस्थापन गर्न अति आवश्यक छ ।