महिलामाथी हुने हिंसा न्युनीकरणकालागि सञ्चार माध्यमको भुमिका बिषयक अन्तरक्रिया सम्पन्न

0
67

उदयपुर । महिलामाथी हुने हिंसा न्युनीकरणका लागि सञ्चार माध्यमको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार ओरेक नेपालको आयोजना र तरंगिनि फाण्डेसनको सहयोगमा जिल्लाका सञ्चारकर्मीहरु संग छलफल गरिएको छ ।

ओरेक उदयपुरका जिल्ला संयोजक बाला कार्कीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ का प्रतिवेदन अनुसार ओरेकको तथ्यांकमा मात्र जिल्लामा २४२ वटा हिंसाका घटनाहरु अभिलेख भएको बताउनुभयो । यस्तै ६६ वटा घटना नयाँ थप भएको समेत बताउनुभयो । घटनाको उमेरगत विवरण हेर्दा २० देखि २९ बर्ष उमेरका महिलाहरु बढी हिंसा प्रभावित भएको बताउनुभयो ।

यस्तै महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले संचारकर्मीहरुले पिडितले न्याय पाउने गरि कलम चलाउनु पर्ने बताउनुभयो । महिला माथी हुने हिंसालाई रोक्न मद्धत पुग्ने बिषयवस्तुलाई उठान गरि संचार माध्यमवाट प्रकाशण र प्रशारण गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा सहभागहिरुले महिला हिंसाका घटनाहरु समाजमा बढ्दो रहेको बताएका छन् । महिला हिंसा,घरेलु हिंसाका घटनाहरु समुदायमा बढ्दो रहे पनि बाहिर आउन नसकेको बताएका छन् । संचारमाध्यमहरुमा समेत सुचनाको कमीले गर्दा घटनाहरुले स्थान नपाइरहेको जनाएका छन् । पछिल्लो समय सामाजिक संजालको माध्यमहरु बाट समेत हिंसाको घटनाहरु घटने क्रम बढ्दो रहेको छ ।

ओरेकले सामाजिक न्याय र महिला अधिकार स्थापनाका लागि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ । महिला सशक्तीकरणको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्दै महिला विरुद्ध गरिने हिंसाको न्यूनीकरण गर्नु ओरेक नेपालको लक्ष्य रहेको छ ।