महिला सशक्तिकरणका लागी सामुदायिक संस्थाको भुमिका बिषयक छलफल सम्पन्न

0
133

उदयपुर । उदयपुरमा महिला सशक्तिकरण लागी सामुदायिक संस्थाको भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बिहिवार त्रियुगा नगरपालिकाको सभा हलमा जनप्रतिनिधी र सामाजिक संघ सस्थाका प्रतिनिधीहरुको सहभागितामा छलफल भएको हो । महिला सशक्तिकरण स्रोत केन्द्र,चेलिबेटी बिकास समाज र दनुवार महिला सुधार संघको आयोजनामा कार्यक्रम संचालन भएको थियो ।

टेवाको सहयोग रहेको कार्यक्रममा जिल्लाका तिन संस्थाले आगामी गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए । उदयपुरका तिन संस्था महिला सशक्तिकरण स्रोत केन्द्र,चेलिवेटी विकास समाज र दनुवार महिला सुधार संघले महिलाको सशक्तिकरणको क्षेत्रमा काम गर्नको लागी तिन लाखको दरले टेवाबाट अनुदान प्राप्त गरेका छन् ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले सामुदायिक संस्थाहरुले समुदायमा राजनितिक सचेतना र महिलाहरुमा नेतृत्व विकासको काम गरेको बताउनुभयो । उहाँले संस्थाहरुले अव सामुहिक जिविको पार्जन र गा्रमिण समुदायको आर्थिक स्तर उकास्ने खालको कार्यक्रमहरु संचालन गर्न अनुरोध गर्नुभयो । त्यसमा त्रियुगा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यस्तै त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले सामुदायिक संस्थाहरुले गर्दै आइरहेको काम र अभियानहरुलाई अनुगमनको बिषयलाई बलियो बनाउनु पर्ने जनाउनुभयो । उहाँले महिलाको क्षेत्रमा समुदाय तह देखीनै काम गर्न आवश्यक रहेको बताउनुभयो ।

टेवाको मुख्य दर्शन सामुदायीक परोपकारीताको विकास गर्नु रहेको महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो । उहाँले यहि दर्शनलाइ ध्यानमा राखेर टेवाले स्थानिय अर्थ संकलन गरी नेपालभरका महिला समुहहरुलाइ अनुदान प्रदान गर्छ । यसै अनुरुप उदयपुरको तिन वटा सामुदायिक महिला संस्थाहरुले अनुदान प्राप्त गरेका बताउनुभयो ।

कार्यक्रममा जिल्लाका सामुदायिक संघ संस्थाका प्रतिनिधी,स्थानिय जनप्रतिनिधीहरु,त्रियुगा नगरपालिकाका बिषयगत शाखा प्रमुखहरु,संचारकर्मी,प्रहरी लगाएतको उपस्थिती रहेको थियो ।

चेलिबेटि बिकास समाज उदयपुरका अध्यक्ष तारा राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यक्रम संयोजक सुजता सुवेदीले कार्यक्रम संचालन गरेको थियो ।