राष्ट्रिय थारु कलाकार मञ्च उदयपुरमा शिव थारु सर्वसहमत चयन 

0
209

उदयपुर । राष्ट्रिय थारु कलाकार मञ्च उदयपुरमा शिव थारु सर्वसहमत चयन भएको छ । बिहिवार त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको जे एन्ड एल फुड ल्यान्डमा उदयपुरका कलाकारहरुको एक भेलाले शिव थारुलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो । यस्तै थारुको नेतृत्वमा १५ जिल्ला कार्यसमिती चयन गरेको छ ।

उपाअध्यक्षमा रुपावती चौधरी,सुरेश चौधरी,सचिवमा सागर चौधरी,सहसचिवमा अस्मिन जसराज,कोषाअध्यक्षमा आनन्द कुमारी चौधरी,सदस्यमा क्रमशःराम नरायाण खोनमा,रामप्रित चौधरी,सृजना चौधरी,सन्तोषि चौधरी,स्वदेश चौधरी,अभिनास चौधरी,राधिका चौधरी,विशाल चौधरी र संजय चौधरीलाई सर्वसहमत चयन गरेको हो । यस्तै सल्लाहाकार सदस्यमा जनकलाल लेखी,भिभास चौधरी र महेन्द्र प्रसाद चौधरी चयन भएका छन् ।

राष्ट्रिय थारु कलाकार मञ्च काठमाण्डौका केन्द्रिय अध्यक्ष बिनय बैधको प्रमुख आतिथ्यतामा जिल्ला कार्यसमिती गठन गरिएको छ ।

गायक आरसी चौधरीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा उदयपुरको थारु कलाकारिताको बिषयमा अन्तरक्रिया समेत भएको थियो । उदयपुरका थारु कलाकारहरुलाई संगठित गर्दै अगाडी बढिने जिल्ला कार्यसमिती उदयपुरले जनाएको छ ।