बाल विवाह विरुद्ध सचेतना अभियान भुल्केबाट सुरु

0
170

उदयपुर । बाल विवाह विरुद्ध सचेतना अभियान उदयपुरमा शुभारम्भ भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरको आयोजनामा बाल विवाह न्युनिकरणको अभियान त्रियुगा नगरपालिका वडा नम्वर ३ भुल्केका मुस्लिम समुदाय वाट शुभारम्भ गरिएको हो ।

“बाल विवाहको कुसंस्कारले बिग्रन्छ हाम्रा नानी,अन्याय हुन नदिन हटाऔँ कुरीति आफै जानी ”नारा सगै सोमवार मासवेस उदयपुर ,महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर र महिला मानव अधिकार रक्षक संजाल उदयपुरको समन्वय र त्रियुगा नगरपालिका वडा नम्वर ३ को सहयोगमा टोल टोलमा पुगेर प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरुले वाल विवाह रोक्न आफुहरु ऐक्यबद्ध रेहेको जनाएका थिए । मुस्लिम समुदायमा बालविवाह कायमै रहेकोले अव मदरसा शिक्षामानै वालविवाह न्युनिकरणको विषयलाई समावेश गरी वालवालिकालाई अध्ययन गराउन आवश्यक रहेको जनाए ।

कार्यक्रममा मासवेश उदयपुर तथा आभाशा राष्ट्रिय अभियानका केन्द्रिय संयोजक नजबुल खान निलमले मुस्लिम समुदायमा बाल विवाह,वहु विवाह र दाइजो प्रथा  समुदायमा जडो गाडेको हुनाले यस्को न्युनिकरण र नियन्त्रण गर्ने उद्धेश्यले अझै ५ स्थानमा कार्यक्रम संचालन हुने जनाए । उनले,चौदन्डिगढी नगरपालिको सुन्दरपुर ,कटारी नगरपालिका ,त्रियुगा नगरपालिकाको गाईघाट,देउरी जलजले र मोथियाहीमा पनी संचालन हुने जनाए ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यलय उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाल विवाह नियन्त्रण र न्युनिकरण गर्न कुनै एक ब्यक्तिले गरेर मात्र नहुने भएकोले सवैको साथ सहयोग अपरिहार्य रहेको बताए । यस्तो अभियानहरु गाउँ टोल र समुदाय लक्षित कार्यक्रमहरु संचालन गर्न जरुरी रहेको बताए ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रियुगा नगरपलिका वडा नम्वर ३ का वडा अध्यक्ष तिलक कटुवाल,त्रियुगा नगरपालिकाका प्रतिनिधी भगवती खतिवडा,मदरसा तालेमुल ईस्लाम मदरसा भुल्केका प्रअ मोहमद रहमत अली,पत्रकार महा संघ उदयपुरका उपाअध्यक्ष गंगा राई लगाएतले बाल विवाह न्युनिकरणको बिषयमा अभिभावक र किशोर किशोरी दुवै प्रतिवद्ध हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा यु गो नेपालको सहयोग र मासवेशको समन्वयमा स्नातक तह अध्ययन गर्न पुर्ण रुपमा छात्रबृत्रि प्राप्त गरेका ६ जना किशोरीहरुलाई पुस्तक र कलेजका पोसाक पनी वितरण गरिएको थियो ।

कार्यक्रममा त्रियुगा संगित विद्यालयका कलाकार वहिनीहरुले वाल विवाह सम्वन्धी सचेतनामुलक गित संगितहरु प्रस्तुत गरेका थिए ।

विहान भुल्केको टोल टोलमा समुदाय संग प्रभातफेरी,घरदैलो गरी मदरसा तालेमुल ईस्लाम मदरसा ३ भुल्केमा कार्यक्रम सम्पन्न भएको थियो ।