उदयपुर । ३२ औँ अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तगर्त चौदन्डिगढी नगरपालिका वडा नम्वर ९ भिमाका समुदाय संग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजना र चौदन्डीगढी युवा महिला संजालको नेतृत्वमा “लैंगिक हिंसा विरुद्ध अन्त्यको सुनिश्चितता ः महिला वालवालिकामा लगानीको ऐक्यवद्धता” भन्ने नारा संगै यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र उमेर नपुगि गरिने बिवाह न्युनिकरणको बिषयमा सो समुदाय संग छलफल गरिएको थियो ।
छलफलमा सहभागीहरुले बाल विवाह पछिल्लो समय कम हुदै गएको जनाएका थिए । तर सानै उमेरमा भागेर बिवाह गर्नेको संख्या भने अझै रहेको जनाएका थिए । सहभागी अभिभावहरुले आफुहरुले उमेर पुगी पढाई सकाएर मात्र आफना छोराछोरीको बिवाह गर्न तयार रहे पनी केहिमा सानै उमेरमा भागेर विवाह गर्ने गरेको जनाए । उनीहरुले किशोर,किशोरीहरुलाई बालविवाह न्युनिकरणको विषयमा प्रशिक्षण सहित सचेतनामुलक कार्यक्रमहरु निरन्तर संचालन गरिदिन आग्रह गरे ।
इलका प्रहरी कार्यलय बेल्टार संगको सहकार्यमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा प्रहरी,स्थानिय किशोर किशोरी,अभिभाव ,टोलविकासका सदस्यहरु र स्थानिय समाजसेवी,बुद्धिजिबि लगाएतको उपस्थीती रहेको थियो ।