Saturday, August 8, 2026
Homeसमाचारब्लड क्यान्सबाट पीडित बालिकाको उपचारमा सहयोगको अपिल

ब्लड क्यान्सबाट पीडित बालिकाको उपचारमा सहयोगको अपिल

२०८२ असार ७ उदयपुर । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ब्लड क्यान्सरबाट पीडित ८ वर्षीया रितिका कार्की उपचाररत छन्। उदयपुरको त्रियुगा नगरपालिका–९, नवउदयटोल निवासी रितिका पछिल्लो चार महिनादेखि घातक रक्त क्यान्सर (ब्लड क्यान्सर) विरुद्धको कठिन उपचारमा रहँदै आएकी छन् ।
रितिकाकी आमा कल्पना कार्कीका अनुसार छोरीको नियमित औषधि, रगत चढाउने प्रक्रिया, कीमोथेरापी लगायतका उपचार अत्यन्त खर्चिलो भएकोले आर्थिक भार अत्यधिक बढेको छ । पारिवारिक अवस्था कमजोर भएकाले उपचार निरन्तर गराउन कठिन भइरहेको र यसै कारण देश–विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी, कर्मचारी, शिक्षक, पत्रकार, समाजसेवी तथा सबै शुभचिन्तकहरूलाई सहयोगका लागि अपिल गरिएको हो ।
“सेवा नै धर्म हो“ भन्ने भावनाका साथ कल्पना कार्कीले छोरीको जीवन रक्षाका लागि सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताउँदै मानवताको नाताले साथ दिन आग्रह गरेकी छन्।
सहयोग गर्न चाहनेले (आमा कल्पना कार्की) को सम्पर्क नम्बरः ९८१०३९१९६५ बैंक खाता नम्बरः ०९५०२०३६३८८०००१३ मा एनएमबि बैंक, गाइघाट शाखा, उदयपुर सहयोग गर्न सक्नुहुने छ । साथै, मोबाइल बैंकिङ, ई–सेवा लगायत डिजिटल माध्यमबाट गरिएको सहयोगको रसिद वा स्क्रिनसट म्यासेन्जरमार्फत पठाउन समेत आग्रह गरिएको छ । इच्छुक व्यक्ति प्रत्यक्ष भेटेरै पनि सहयोग गर्न सक्ने परिवारले जानकारी दिएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular