उदयपुर । सरस्वती खोलाको पुल निमार्णको काम पुनःअलपत्र परेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ र ९ जोड्ने सरस्वती खोलाको पुल निमार्णको कार्य सम्पन्न नहुदै पुनः अलपत्र परेको छ । यो वर्ष पनी पुल निमार्ण नहुने भएपछी स्थानियहरु निराश भएका छन् ।
२ कारोड ४७ लाखमा अनसुन र अनसुवी जेवी चन्द्रागरि काठमाण्डौले ठेक्का लिएको पुल १ वर्ष भित्र निमार्ण सम्पन्न गर्ने भनेर स्थानियलाई जानकारी गराएका थिए तर २ वर्ष बिति सक्दा पनी पुल निमार्ण हुन नसकेको हो ।
निरन्तर पहल र प्रयास पश्चात बैशाखमा निमार्ण कम्पनीका ठेकेदार सम्पर्कमा आएका थिए र निमार्ण कार्य पुन सुचारु भएको थियो ।
निमार्ण कम्पनीका ठेकेदार भगत यादवले जेठ मसान्त सम्म निमार्ण सम्पन्न गरी सक्ने जनाएका थिए तर वर्षा लागी सक्दा यती वेला ठेकेदार कम्पनी सम्पर्क विहिन भएका छन् । सम्पर्कभए पनी निमार्ण समाग्री आज,भोली लियाउने भन्दै आलटाल गरिरहेका छन् ।
यता त्रियुगा नगरपालिका संग यो विषयमा बुुझदा ठेकेदार कम्पनी सम्र्पकमै आउन नखोज्ने बताएका छन् ।निमार्ण स्थलमा पुल निमार्ण सम्वन्धी र्होडिङ र्वोड समेत राखिएको छैन । सरस्वती खोलामा पुन नहुदा वर्षायाम आधा दर्जन वढी गाउँ प्रत्यक्ष प्रभावित हुने गरेको छ ।
थप समाचार
सरस्वती खोलामा पुलको शिलान्यास
सरस्वती खोलामा न पुलनै बन्यो,न त नदीनै नियन्त्रण(फोटो फिचर सहित )
मत माग्ने बाटो मात्रै बन्यो पुल