सामुदायिक रेडियो उदयपुरको १५ औं वार्षिक उत्सव भव्य सम्पन्न 

0
155

उदयपुर । सामुदायिक रेडियो उदयपुरको १५ औँ वार्षिक उत्सव भव्य सम्पन्न भएको छ । मंगलवार वार्षिक उत्सवको अवसरमा युवा महिला भेला, विविध सास्कृतिक कार्यक्रम,सचेतनामुलक कार्यक्रम, सरोकारवला निकायहरु अन्तरकृया छलफल,युवा संजालका युवा महिलाहरुको लैगिक समानता मुलक प्रस्तुती प्रदर्शन गरि उत्सव मनाएको छ ।

कोशि प्रदेश उपसभामुख माननिय सृजना दनुवारको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव सम्पन्न भएको हो । उहाँले युवाको बिषयमा सरकारले ल्याएको नितीले मात्र हामिले सोचे जस्तो समाज निर्माण गर्न नसकिने र नागरिकको पनि उत्तिकै दायित्व र जिम्मेवारी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले युवा निति वनाउन प्रदेशमा छलफल चलिरहेकोले निति वनाउन युवा भेलाले जारी गरेको ८ वुदाले सहयोग गर्ने अपेक्षा लिएको बताउनुभयो ।

यस्तै कार्यक्रममा कोशि प्रदेश सभा सदस्य माननिय गिता रेग्मी,त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राई,ओरेक नेपालका सचिव सविता पोखरेल,गैसस महासंघ उदयपुरका अध्यक्ष सृजना पौडेल,नेपाल पत्रकार महासघ उदयपुरका सचिव विश्वराज तामाङ लगाएतले शुभकामना मनत्वय राखेका थिए । वार्षिक उत्सव संगै तिन दिन सम्म संचालन भएको युवा महिला भेलाले ८ वुदे घोषणा पत्र जारी गर्दै भेला पनी सम्पन्न भएको छ ।

महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुर द्धरा सञ्चालित सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्जले महिलाहरुको सूचनामा पहुँच र सञ्चारको माध्यमबाट महिलाहरुलाई सशक्त बनाई सामाजिक परिवर्तन र विकासमा सहयोग पुर्याउने उद्देश्यले दैनिक १७ घण्टा प्रशारणमा भइरहेको छ ।