दनुवार जातीको सांस्कृतिक पक्षको अध्ययन तथा डकुमेन्ट्रि विमोचन 

0
132

उदयपुर । दनुवार जातीको सास्कृतिक पक्षको अध्ययन तथा डकुमेन्ट्रि विमोचन गरिएको छ । विहिवार त्रियुगा नगरपालिका वडा नम्वर ८ वैरनीमा रहेको दनुवार सास्कृतिक भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी दनुवार समुदायमा आधारित एतिहासिक डकुमेन्ट्रि साथै सास्कृतिक गित र भिडियो सार्वजनिक गरिएको छ ।

नेपाल दनुवार समाज उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको सहयोगमा डकुमेन्ट्रि तयार गरिएको हो ।
डकुमेन्ट्रिमा दनुवार समुदायको जन्म देखी मृत्यु सम्मको कर्मकाण्डलाई देखाइएको छ ।

डकुमेन्ट्रिको माध्यमवाट लोप हुदै गएको सस्कृति, पहिचानलाई संरक्षण गर्न मद्धत पुग्ने विश्वास रहेको दनुवार समाजका अध्यक्ष केदार दनुवारले बताउनुभयो । उहाँले डकुमेन्ट्रिले आउदो पुस्ताहरुलाई अध्ययनको स्रोत हुने बताउनुभयो ।

यस्तै कार्यक्रममा महिला सशक्तिकरण स्रोत केन्द्रका÷सामुदायिक रेडियो उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले दनुवार युवा महिला लक्षित कार्यक्रमहरु संचालन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले समुदायको महिलाहरुको नेतृत्व,सशत्तिकरणमा आफु निरन्तर प्रयासरत रहेकोले दनुवार समाजले समन्वयकारी भुमिका खेल्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका त्रियुगा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष राज कुमार दनुवार ,त्रियुगा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष अमर बहादुर दनुवार लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा दनुवार समुदायको सास्कृतिक गितका लेखक बिष्णु दनुवारलाई सम्मान गरिएको थियो । उक्त गित,भिडियो आदिम चौतारी युटुव मार्फत सार्वजनिक गर्ने आयोजकले जनाएको छ।कार्यक्रममा स्थानिय बुद्धिजिवि,समाजसेवी,लगाएत दनुवार समुदायको उपस्थिीती रहेको थियो ।