उदयपुर । उदयपुरमा युवा महिला भेला सुरु भएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र÷सामुदायिक रेडियो उदयपुरको आयोजनामा आज आइतवार देखी तिन दिवसिय युवा महिला भेला सुरु भएको हो ।
“सपना सहितको आजका युवा भिजन सहितका भोलिका महिला ”भन्ने नाराका साथ जिल्लाको ८ वटै पालिकाका युवा महिलाहरुको सहभागीतामा त्रियुगा नगरपालिका वडा नम्वर ९ मा अवस्थित ओरेक आधारमा भेला सुरु भएको हो ।
युवा महिलाको सवालहरुलाइ बिश्लेषण गर्दै आगामी दिनमा समानता प्राप्तीका लागी एकीकृत अभियानहरु अगाडी बढाउने संम्भावनाको खोजी गरी युवा महिलाहरुको सहभागीतामा संरचनागत बिभेदहरुको बिरुद्ध एकजुट भइ अधिकारको लागी आबाज उठाउदै उमेर नगुगी गरिने बिबाह बिरुद्ध एक हुने उद्देश्यले उदयपुरमा प्रथम युवा महिला भेलाको आयोजना गरिएको महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनु भयो ।
उहाँले तिन दिन सम्म संचालन हुने भेलाले महिनाबारी स्वच्छता दिवश, गणतन्त्र दिवश, महिला अधिकार दिवश तथा सामुदायीक रेडियो उदयपुरको १५ औ बार्षीक उत्सबको अबसरमा पहिलो दिन र दोस्रो दिन बिभीन्न बिषयमा अभिमुखीकरण, अन्तरक्रिया र कार्यशालाहरु संचालन हुने छन् भने, तेस्रो दिन युवा महिला भेला कार्यक्रम उद्घाटन सहित सबै स्थानिय तहको युवा महिलाहरुको तर्फबाट स्टेज प्रस्तुतीको कार्यक्रम र घोषण पत्र जारी गरि भेला समापन हुने बताउनुभयो ।
तिन दिन सम्म संचालन हुने भेलामा जिल्लाभरीवाट १ सय ५० जना युवा महिला,किशोरी र १५ जना किशोरहरुको सहभागीता रहेको छ । भेलालाई त्रियुगा नगरपालिका र युएनएफपिएले सहकार्य गरेको छ ।