उदयपुर । नेपाली पात्रोले देशभरका विभिन्न नेपाली रेडियोहरु तथा अन्य डिजिटल मेडियाहरुसंग सहकार्य गर्दै संसार भर छरिएर रहेका नेपालीहरुले आ आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसंग अपडेट बस्न सजिलो होस् भन्ने उद्देश्यले नेपाली पात्रोले रेडियोमैं अनलाइन पढ्न मिल्ने व्यवस्था गरेको छ ।
यस कार्यका लागि नेपाली पात्रोको मिडिया म्यानेजर आशिस कार्कीलाई सम्पर्क गर्न सक्नुहुनेछ । बिगत १० बर्ष भन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मिडियासंग नजिक रहेका काकीको नेपाली रेडियोलाई डिजिटल प्रबिधिमैत्री बनाउन महत्वपूर्ण भूमिका रहेको छ।
नेपाली पात्रो एप नेपालको पहिलो कम्यूनिटी एप हो १ यो एपमा नेपाली तिथीमिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा शुभ साइतको बिस्तृत विवरण, तपाइको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल, स्थानीय, रास्ट्रीय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरु, विदेशी विनिमय दर, सुन चादीको दर रेट, मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवा लगायत अन्य धेरै सुविधाहरु रहेका छन् ।
नेपाली तथा अंग्रेजी भाषा सहितको नेपालका महत्वपूर्ण तथा विश्वासिलो अनलाइन समाचार श्रोत आवद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरुलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो ।