सहारा नेपाल गाईघाट शाखाको २७ औं वार्षिक उत्सव सम्पन्न 

0
241

उदयपुर। सहारा नेपाल (साकोस) सेवा केन्द्र गाईघाटको २७ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रदेश १ भरीकै  शाखाहरुले बार्षिक उत्सव मनाइरहदा साकोस सेवा केन्द्र गाईघाटले पनी एक भव्य कार्यक्रमको अयोजना गरी शुक्रवार उत्सव मनाएको छ ।

कार्यक्रममा गाईघाट सेवा केन्द्र प्रमुख दशरथ राजवंशीले संस्थाको निति तथा कार्यक्रमको वारेमा जानकारी गराउनुभएको थियो । उहाँले केन्द्रको वित्तिय विवरण समेत सार्वजनिक गर्नुभएको थियो । प्रमुख राजवंशीले गाईघाट सेवा केन्द्रको कार्यक्षेत्र त्रियुगा नगरपालिका,वेलका नगरपालिका १० र रौतामाई गाउँपालिका वडा नम्वर ५ र ७ रेको बताउनुभयो । जसमा शेयर सदस्य २ हजार १ सय ४४ जना ऋणी सदस्य १ हजार २ सय ६७ जना र समुह संख्या १५६ रहेको बताउनुभयो ।

सस्थामा सेयर पुजी ५७ लाख ४० हजार ७ सय ,कुल लगानीको रकम १६ करोड ७२ लाख ७० हजार ३ सय ९९ रुपैया ,कुल वचत ९ करोड ९ लाख १२ हजार ४ सय ३७ रुपैया,कुल आम्दानी १७ करोड,१४ लाख ४ हजार २ सय ८० रुपैया ,खर्च १२ करोड,१८ लाख ७ हजार ६ सय ६३ रुपैया र नाफा ४८ लाख ५६ हजार ६ सय १७ रुपैया बरावारको आय व्यय सार्वजनिक गरेको थियो । यस्तै कार्यक्रममा प्रदेश भरीको ६ जिल्लामा १ लाख ६० हजार शेर सदस्य रहेको जानकारी गराएको थियो जम्मा ७७ वटा सेवा केन्द्रमा ९ अर्व ५६ कारोड बचत,१३ अर्व १६ करोड ऋण लगानी,१ अर्व ६५ करोड शेयर पुँजी,१५ अर्व बासलात र १ अर्व जगेडा कोष तथा अन्य रहेको जानकारी गराएको थियो ।

कार्यक्रममा सहारा नेपाल जिल्ला अध्यक्ष प्रदिप पुरीले वित्तिय साक्षरताको वारेमा जानकारी गराउनुभएको थियो । उहाँले सहाराले महिला दिदिवहिनीको आयआर्जन मुखी कार्यक्रमहरु संचालन गरी रहेको बताउनुभयो । शिपमुलक कार्यक्रम प्रदान गरी उधमी महिलाहरु उत्पादन समेत गरी रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिकाका उपप्रमुख देवी कुमारी चौधरीले सहारा नेपालले महिला लक्षित कार्यक्रमहरु संचालन गरेर महिला नेतृत्वमा टेवा पुगाएको भन्दै धन्यवाद दिनुभयो । उहाँले संस्थाले ऋण मात्र उप्लव्ध गराएर नहुने शिप र जिविकोपार्जन र उधमशिलता वनाउन यस सस्थाले मद्धत गरेकामा खुसी व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा श्रिमानको मृत्यु भएको त्रियुगा नगरपालिका वडा नम्वर ११ का समुह नम्वर १९ का सदस्य चामसरी राईलाई ऋण मिनहा गरी १ लाख २० हजार वरावारको चेक हस्तान्तरण गरेको थियो । यस्तै त्रिनपा ५ का नुरमाया खड्का लाई सासुको मृत्युमा जिवन वरदान कार्यक्रम अन्तर्गत ३० हजार र काजक्रिया पश्चात ३० हजार सहयोग गरेको छ । यस्तै उत्कृष्ट समुहरुलाई पनी सम्मान नगद तथा पुरस्कारहरु प्रदान गरिएको छ ।

सहारा साकोस सेवा केन्द्र सदस्य रेनुका कार्कीको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष विश्वराज भटराई,वडा नम्वर १२ का अध्यक्ष जय विक्रम राई,सिटिजन लाइफ इन्सुरेन्स गाईघाट प्रमुख मन्जु थापा उधोग बाण्ज्यि संघका युवराज पराजुली लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

गाईघाटको होटल टाउन हलमा सम्पन्न कार्यक्रममा संस्थाको शेर सदस्यहरुको बाक्लो उपस्थित रेहेको थियो ।