त्रियुगा जनता बहुमुखि क्याम्पसको १२औं साधरण सभा सम्पन्न,अधिवेशनले नया सञ्चालक समिती चयन 

0
203

उदयपुर । त्रियुगा जनता बहुमुखि क्याम्सरको १२औं साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ । समुदायबाटै सुलभ र गुणस्तरीय शिक्षा प्रदान गरि समुन्नत समाज निर्माण गर्ने उदेश्यले २०४४ सालमा स्थापना भएको क्याम्पसले ३४ वर्ष पुरा गरेको छ ।

यस क्याम्पसले ३४ वर्षदेखि उदयपुर लगाएत छिमेकी जिल्लाहरुका विद्यार्थीहरुलाई सुलभ शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको क्याम्पस प्रमुख रमेशचन्द्र रोक्काले बताउनु भएको छ ।

पुर्वाञ्चलका उत्कृष्ट क्याम्पसहरु मध्ये सगरमाथाकै पहिलो क्याम्पस त्रियुगा जनता बहुमुखि क्याम्पसमा २१ सयको हाराहारीमा विद्यार्थीहरुले अध्ययन गर्दै आईरहेका छन् । यस वर्ष २४ सय भन्दा बढि विद्यार्थीले अध्ययन गर्ने अनुमान गरिएको छ ।

क्याम्पस सञ्चालन समितीका अध्यक्ष मीन बहादुर ठकुरी ज्युले क्याम्पसको प्रगतिप्रतिवेदन प्रस्तुत गर्नु हुदै क्याम्पसले यस आर्थिक वर्षमा ६ करोड ६२ लाख७६ हजार बराबरको आय व्यय प्रस्तुत गरेकोछ ।

क्याम्पसमा हाल१९ वटा भवनहरु र ८३ वटा कोठाहरु रहेका छन् भने सम्पुर्ण कोठाहरुमा शैक्षिक र प्रशासनिक कार्यहरु सञ्चालन भईरहेको सञ्चालक समितीका अध्यक्ष ठकुरीले बताउनु भयो ।

क्याम्पसले अझै विद्यार्थीको निम्ती यातायात र छात्राबासको प्रबन्ध गर्ने, दिगो आर्थिक श्रोतको खोजी गर्ने, प्राविधिक व्यवसायी धारका शैक्षिक कार्यक्रम थप गर्ने र उत्पादित जनशक्तिको रोजगारीको व्यवस्था गर्ने साथै अधुरो खेलकुद मैदानलाई पुर्णतादिने लागएतका योजनाहरु बनाईरहेको क्याम्पस प्रमुख रमेश चन्द्र रोक्काले बताउनु भयो ।

कार्यक्रममा क्याम्पसले २०७७ सालको परिक्षामा उत्कृष्ट नम्बर ल्याई उतिर्ण हुने विद्यार्थीलाई ३ प्रकारको पुरस्कारले पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा स्नातक तहमा सर्बोत्कृष्ट स्थान हासिल गर्ने संजय चौधरीलाई संकायगत उत्कृष्ट छात्रबृत्ति पुरस्कार प्रदान गरिएको छ ।

यसैगरि व्यवस्थापन संकायर्फतबाट सर्बोत्कृष्ट स्थान हासिल गर्ने सन्ध्या कार्की, शिक्षा संकायमार्फतको सर्बोत्कृष्ट स्थानहासिल गर्ने अनु कुमारी चौधरी, साजन चौधरी, टिका मगर र बाबुराम घिमिरेलाई पनि पुरस्कृत गरेको छ ।

बिहिवार सम्पन्न अबिवेशनले १० जनाको नयाँ क्याम्पस सञ्चालक समिती समेत चयन गरेको छ । समितीको अध्यक्षमा मीनबहादुर ज्यु ठकुरी, उपाध्यक्षमा विर्ष ब. तामाङ, सदस्यहरुमा प्रमिला राई, नारद थापा, पशमेश्वर घिमिरे, मन्जु चौधरी, बसन्त बस्नेत, मणि खम्बु,भिम विश्वकर्मा, महेश्वरी राई लगाएतको नया समिती चयन गरेको छ ।

कार्यक्रममा संघिय सांसद प्रमिला राई, प्रदेश सांसद विमल कार्की, बेलाका नगरपालीका, चौदण्डि नगरपालीका, रौतामाई गाउपालीका लगाएतका प्रमुद तथा उपप्रमुखहरु,विभिन्न शैक्षिक संस्थाका प्रमुखहरुको बाक्लो उपस्थिती रहेको थियो ।