पत्रकार सम्मेलन गरी किशोरीको हत्या आरोपी सार्बजनिक 

0
233

उदयपुर । उदयपुरमा एक किशोरी हत्याको आरोपमा पक्राउ परेका दुईमध्ये एक अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका युवक भारत सिक्किम बियुङ घर भई उदयपुरको बेलका नगरपालिका ३ मा काकाको घरमा बस्दै आएका जीतबहादुर ढकाल खत्रीका भतिज १९ वर्षीय विनोद ढकाल हुन् । तर घटनाको मुख्य आरोपित नाबालिग भएकाले प्रहरीले सार्वजनिक गर्न नसकेको जानकारी प्रहरी उपरिक्षक सुवासचन्द्र बोहोराले दिए ।

सार्वजनिक गरिएका दाजु ढकालविरुद्ध घटनाबारे थप अनुसन्धान गर्न प्रहरीलाई उदयपुर जिल्ला अदालतले सात दिनको म्याद थपेको छ भने उनकी बहिनी नाता पर्ने १७ वर्षीया नाबालिगा सरिता ढकाललाई भने पाँच दिनको म्याद थप गरेको छ ।

दाजुबहिनी ढकालविरुद्व बेलका नगरपालिका ३, बुद्ध चोकका कृष्ण सुनुवारको १६ वर्षीया छोरी कविता सुनुवारको हत्या गरेको आरोप लागेको छ ।

हत्याका मुख्य योजनाकार मानिएकी ढकाल र मृतक सुनुवार सानैदेखिका सहपाठी थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनाको मुख्य कारण आरोपित ढकालले सहपाठी भएपछि कक्षा कोठामा सानो सानो कुरामा होच्याउने र चिढ्याउने गरेको बताएकी छन् । त्यसैले गर्दा बदलाको भावनाले प्रेरित भएर उनको हत्या गरेको स्वीकार गरेकी छन् । बदला लिनको लागि उनले दाजुको सहारा लिएको बताएकी छन् ।

हत्यापूर्व ढकालले सुनुवारलाई हिजो बिहान ४ बजेर ५ मिनेट जाँदा सँगसँगै ट्यूसन जाने सल्लाह एसएमएसमार्फत् गरेकी थिइन् । त्यसपछि लगभग झिसेमिसे बिहानीमा भेट भएका बेला दाजु ढकालले बियरको बोतलले टाउकोपछिको भागमा प्रहार गरेका थिए । बोतल प्रहारले घाइते भई लडेकी सुनुवारलाई कुनै प्रतिवाद नगरेपछि लडेकै अवस्थामा ढुंगाले थिचेर हत्या गरेको बताएका छन् ।त्यसपछि मृतक सुनुवारको लाश घटनास्थलबाट घिसार्दै करिब ४० मिटर टाढा घाटगद्दी गर्न राखेको काठमा गोलियाहरुको आडमा लुकाएका थिए । लाशलाई बाटो तर्काएर कसैले नदेखोस भनेर राखे पनि प्रहरीले फोन कलको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
यस्तै
बालिका हत्या सार्बजनिक गर्न माग गर्दै स्थानीयले आज पनि दिनभरी बेलाकामा यातायात ठप्प पारेका छन । प्रहरिले बिहान १० बजे घट्नामा संलगन अरोपितलाई सार्बजनिक गर्ने आश्वासन दिएपनी दिउँसो ३ बजेसम्म सार्बजनिक नगरेको भन्दै स्थानीयले आज दिनभरि यातायात ठप्प परेका थिए ।

यता जिल्ला प्रहरी कार्यलयले घट्नामा सन्लङलाई सार्बजनिक गरेपस्चात बेलाकामा यातायात सुचारु भएको छ । घट्नामा संलगन आरोपितलाई सार्बजनिक गर्न माग गर्दै स्थानीय बासि हिजोदेखि सडकमा उत्रिएर आन्दोलनमा गरिरहेका थिए ।

सम्वन्धित थप समाचार

http://उदयपुरको बेलकामा १५ वर्षिया बालिकाको शब फेला, हत्याको आशंका

http://कविता हत्या प्रकरणः दिनभरी रामपुर बजार बन्द,अनुसन्धानका लागी दुई जना प्रहरी नियन्त्रणमा