एक महिनामा १२७ महिलामाथि हिंसा, २७ बलात्कार र ३ जनाको बलात्कार पछी हत्या 

0
209

उदयपु्र ।  महिला पुनस्र्थापना केन्द्र ९ओरेक० को तथ्याङक अनुसार पछिल्लो एक महिनामा नेपालभर १ सय २७ महिला तथा बालिका हिंसाका सिकार भएका छन् । ओरेकको तथ्याङक अनुसार घरेलु हिंसा, बलात्कार, बलात्कार प्रयास, हत्या, यौन दुव्र्यवहार, सामाजिक हिंसा, मानव बेचविखन जस्ता घटना भएको पाईएको छ ।

पछिल्लो समयमा बलात्कारको घटना बढ्दो अवस्थामा रहेको तथ्याङक देखाएको छ । महिला तथा बालिकामाथि हुने हिंसा मध्ये २१ प्रतिशत बलात्कार र २ प्रतिशत बलात्कार प्रयास रहेका छन् । जसमध्ये २७ वटा बलात्कार र ३ वटा बतात्कार प्रयास रहेका छन् ।

त्यस्तै ३ जनाको बलात्कार पछि हत्या भएको तथ्याङकमा उल्लेख छ । हिंसाका घटनाहरु आफ्नै चिनेजानेको व्यक्तिहरुबाट हुने गरेको पाईएको छ । जसमध्ये ४८ प्रतिशत आफन्तबाट र १५ प्रतिशत आफुले आत्मिय मानेका साथीहरुबाट नै हिंसा भएको तथ्याङकले देखाएको छ । बलात्कार भएका मध्ये सबैभन्दा बढी ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेर समूहका बालिका तथा किशोरीहरु रहेका छन्, भने १७ देखि २५ बर्ष उमेर समुहका २६ प्रतिशत महिलाहरु रहेको ओरेकले जनाएको छ ।

एक महिनामा प्रदेश नं. १ मा ३६ प्रतिशत अर्थात ४६ जना, मधेशमा २५ प्रतिशत ३२ जना, बागमति ८ प्रतिशत १० जना, गण्डकी २ प्रतिशत ३ जना, लुम्बीनी १३ प्रतिशत १७ जना, कर्नाली २ प्रशित ३ जना र सुदुरपश्चिममा १३ प्रतिशत १६ जना महिला तथा बालिकामाथि हिंसा भएको ओरेकको तथ्याङकले देखाएको हो ।

महिला तथा बालिका श्रीमान, पारिवारीक सदस्या, छिमेकी, प्रेमी, समुदायका सदस्य, सेवा प्रदायक, शिक्षक, अपरिचित व्यक्ति, मुख्य स्याहार दाता लगाएतबाटै हिंसा भएको ओरेकको तथ्याङकमा उल्लेख छ ।