उदयपुर । १५ वर्षिय बालिकालाई रहस्यमय ढंगले हत्या गरेको भन्दै हत्यारालाई पक्राउ गरी कारवार्हिको माग गर्दै रामपुर बजार विद्यार्थि र स्थिानियले बाटो बन्द गराएका छन् ।
उदयपुरको बेलका नगरपालिका ३ बुद्धचोककी १५ वर्षिया बालिका कबिता सुनुवारको रहस्यमय ढंगले हत्या भएको र उनको शब घर नजिककैको यसोधा खोलामा टाउकोमा चोट लागेको अबस्थामा भेटिएको भन्दै स्थानिय विद्यार्थिले इलाका प्रहरी कार्यलय रामपुर अगाडि धर्ना पनि दिएका छन् । त्यस्तै मदन भण्डारी राजमार्ग अन्र्तगतको रामपुर बजारमा विद्यार्थिहरुले बाँस तेर्साएर सडक अबरुद्ध गर्नुका साथै टायर पनि बालेका छन् । जसका कारण सबारी आवागमन पुर्ण रुपमा बन्द भएको छ । अपराधीलाई तुरुन्त पक्राउ गरी कडा भन्दा कडा कारवार्हिको माग गर्दै आफुहरु आन्दोलनमा उत्रिएको स्थायिन शोभा वि.कले बताउनु भयो ।
यस्तै
१५ वर्षिया बालिकालाई हत्या गरेको आंशकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका लागी नियन्त्रणमा लिएका इन्डिया सिक्कम घर भई उदयपुरको बेलका नगरपालिका ३ बस्दै आएका १९ वर्षिय बिनोद ढकाल र बेलका नगरपालिका ३ कै १७ वर्षिया सरिता ढकाल खत्रि रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी सुबास चन्द्र बोहोराले इन्सेक प्रतिनिधी तथा रेडियो उदयपुर संगको टेलिफोन सम्पर्कमा बताए ।
बेलका नगरपालिका ३ कि १५ वर्षिया कबिता सुनुवारको घर नजिकैको यसोधा खोलामा चैत २२ गते मंगलबार विहान टाउकोमा चोट लागेको अबस्थामा शब फेला परेको थियो । ट्यिुसन पढ्न श्री कोशी जनता माध्यमिक विद्यालय रामपुर हिँडेकी कबिता मृत अबस्थामा भेटिएपछि स्थानियले रामपुर इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए ।
थप समाचार
http://उदयपुरको बेलकामा १५ वर्षिया बालिकाको शब फेला, हत्याको आशंका