मलिथमद्धरा मिस उदयपुर रन्जु चौधरी सम्मानित

0
236

डिएन चौधरी ,उदयपुर । मलिथम थारु सेवा समाज उदयपुरले मिस उदयपुर सिजन ३(२०२२)का विजेता रन्जु चौधरीलाई सम्मान गरेको छ । शनिवार सम्पन्न विंङ्गस इन्टरटिमेन्ट द्धरा अयोजित वाई वाई डाइनामाइट मिस उदयपुर सिजन ३को फिनालेमा १५ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै रन्जुले मिस उदयपुरको ताज पैहिरिन सफल भएकी थिइन् ।

थारु समुदायको प्रतिनिध्त्व गर्दै मिस उदयपुर बन्न सफल भएपछी मलिथम थारु सेवा समाज उदयपुरले आइतवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको संस्थाका अध्यक्ष संजय चौधरीले बताए । यस्तै भरर्खरै सम्पन्न इनर्जी फिटनेस क्लवको अयोजनामा मिस्टर उदयपुर शारिरिक सुगठन च्यामपियनशिपको फस्ट रनर अप दिलिप चाधैरीलाई पनी सस्थाले सम्मान गरेको छ ।

त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीको प्रमुख अतिथ्यता र उपमेयर देवि कुमारी चौधरीको बिशिष्ट आतिथ्यतामा सम्मान गरेको हो । कार्यक्रममा खुसी हुदै प्रमुख अतिथी चौधरीले बिस्तारै सवै क्षेत्रमा थारु समुदायको युवाहरु अगाडी बढीरहेको बताउनुभयो । उहाँले युवाहरुले समुदायको भाषा,सस्कृति रितिरिवाज संरक्षण गर्दै पहिचान स्थापित गर्न जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै त्रियुगा नगरपालिकाका उपमेयर देवि चौधरीले थारु समुदायमा महिला नेतृत्व महिला सशक्तिकरण हुन अझै हुन नसकेको बताउनुभयो । तर मिस उदयपुरमा थारु चेलीले उपाधी जिते संगै अव छोरीहरुलाई घर वाहिर आएर आफनो प्रतिभा प्रस्फुटन गर्न मद्धत मिल्ने बताउनुभयो । उहाँले मिस उदयपुरको उपाधी हात पारेकी रन्जुलाई बधाई संगै धन्यवाद दिनुभयो ।

संघर्षशिल युवा समुहको समन्वय रहेको कार्यक्रम जे एन्ड एल फुडल्यान्ड पार्टी भेन्यु मोतिगडाको सभाहलमा कार्यक्रम सम्मपन्न भएको थियो । कार्यक्रममा मलिथमका युवासाथीहरुको सहभागिता रहेको थियो ।