सरस्वती खोलामा पुलको शिलान्यास

0
219

डिएन चौधरी,उदयपुर । सरस्वती खोलाको पुलको शिलान्यास भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ को उत्तराइटोल स्थीत सरस्वतीखोलाको पुलको आइतवार सिल्यानास गरिएको छ ।शिलान्यास भएसंगै पुल बन्ने भएपछी स्थानियमा खुसी छाएको छ ।

पुल बन्नेभएपछी वर्षौ देखी यहाँका समस्या हट्ने स्थानिय समाजसेवी रामवती चौधरीले बताउनुभयो । लामो समयदेखीको संघर्ष र निरन्तर प्रयासले पुल बन्न लागेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी र उप मेयर देवि कुमारी चौधरीले संयुक्त रुपमा पुलको सिल्यानास गरेका हुन । सिल्यानास गर्दै त्रियुगा नगरपालिका मेयर वलदेव चौधरीले अगामी वर्षनै पुल बन्ने पक्का भएपनी कोरोनाको कारणले काम गर्न नसेको बताउनुभयो । तत्काल १ करोड रकम बिन्योजन भएपनी विश्वव्यापी कारोना कहरले रकम खर्च गर्न नपाउदा पुल निमार्णमा ढिलाई भएको उहाँले बताउनुभयो । उहाँले अहिले प्रदेश सरकार वाट ७० लाख र बाकी त्रियुगा नगरपालिकाले बेर्होने गरी पुल निमार्ण हुने बताउनुभयो । उहाँले उत्तराईटोल देउरी र जलजले जोड्ने त्रियुगा नदीमा
पनी मोटरेवल पुलको लागी प्रस्ताव अगाडी बढाईसकेको बताउनुभयो ।

यस्तै त्रियुगा नगरपालिकाका उपमेयर देवि कुमारी चौधरीले ढिलै भएपनी यहाँको स्थानिय संग गरेको बाचा अव पुराहुने विस्वास दिलाउनु भयो । उहाँले याहाँ पुलको मात्र समस्या नभई नदि नियन्त्रण,वाटो,खेलमैदान र खेति योग्य जलिमनमा सिचाईलाई पनी व्यवस्थित बनाउनमा आफुहरु लागी परेको बताउनुभयो । उहाँले तत्काल फलाम र ट्रस्टको पुल बने पनी पक्की पुलको लागी १९ लाखमा डिपिआर तयार गरेर प्रदेश र संघिय सरकारमा पेश गरेको जनाउनुभयो ।

२ कारोड ४७ लाखमा अनसुन र अनसुवी जेवी चन्द्रागरि काठमाण्डौले ठेक्का लिएको निमार्ण कम्पनीका प्रवन्धक विजय कुमार यादवले बताउनुभयो ।

त्रियुगा नगरपालिका वडा नम्वर ८ को वडा अध्यक्ष कमल कुमार राउतको अध्यक्ष्तामा सम्पन्न सिल्यानास कार्यक्रममा वडा नम्वर ९ का वडा अध्यक्ष धन वहादुर दनुवार,त्रियुगा नगरपालिकाका प्रवत्ता तथा कार्यपालिका सदस्य केदार दनुवारले शुभकामना मनत्व्य राख्नुभएको थियो भने वडा ८ का महिला सदस्य कमला बस्नेत कटुवालले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा स्थानिय प्रमुख राजनैतिक दलका प्रतिनिधीहरु ,जनप्रतिनिधी,निमार्ण कम्पनीका पदाअधिकारी लगाएत स्थानियको उपस्थिीती रहेको थियो ।

थप समाचार

मत माग्ने बाटो मात्रै बन्यो पुल

सरस्वती खोलामा न पुलनै बन्यो,न त नदीनै नियन्त्रण(फोटो फिचर सहित )

सरस्वती खोलामा एकतर्फी बाँधले घर कटानको उच्च जोखिम