समानुपातिक समावेशी नेतृत्व हुनु पर्ने भन्दै राष्ट्रव्यापी अभियान शुभारम्भ 

0
211

उदयपुर । ओरेक नेपालले “महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकारः सामाजिक रुपान्तरणको आधार”भन्ने नारा सहित राष्ट्रव्यापी अभियानको शुभारम्भ गरेको छ । आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा आगामी निर्वाचनमा निर्णायक तहमा महिलाको अर्थपूर्ण समानुपातिक समावेशी सहभागिता सुनिश्चितताका लागि आधार तयार गर्न उक्त अभियानलाई एकैसाथ राष्ट्रव्यापी घोषणा गरेको हो ।

उदयपुरमा पनि शनिवार गाईघाटको लोकतान्त्रिक चोक पिपलबोटमा संस्थाले जिल्लाका प्रमुख राजनितिक दलका प्रतिनिधी,स्थानिय जनप्रतिनिधी समाजिक संघ संस्था, अभियानकर्ता, सञजाल, मानवअधिकार रक्षक, मानवअधिकारकर्मी, नागरिक अभियान्ता लगायतको उपस्थितीमा “हामी सबैको संयुक्त प्रयासबाट परीवर्तन सम्भव छ”भन्ने ऐक्यबद्धताका साथ अभियान थालनी गरेको छ ।

स्थानिय तह को निर्बचनमा महिला सहभागिता सुनिस्चितता को लागि राज्यका सबै संयन्त्रहरुको ध्यानाकर्षण गर्ने र दबाब सृजना गर्ने उद्धेश्यले अभियानको शुभारम्भ भएको ओरेक नेपाल उदयपुरका जिल्ला संयोजक पम्फा पुरीले बताउनुभयो । उहाँले निर्णायक तहमा महिला जनप्रतिनीधिको उपस्थिति सुनिश्चित गर्न राजनीतिक दलहरूमा दबाव सिर्जना गर्ने उद्धेश्य समेत रहेको बताउनुभयो ।

यस्तै ओरेक नेपालका अध्यक्ष डा.रेणु अधिकारीले ओरेक नेपालको ३१ औं बार्षिक दिवसको अवसरमा शुभकामना मन्त्वय लेख्दै भन्नुभयो ।


आज भन्दा ३१ वर्ष अगाडी चैत्र १९ मा एउटा जातीय, वर्गीय रुपले विभेदित किशोरीको कठीन जीवन कथाबाट अभिप्रेरीत हुँदै त्यस्ता किशोरीहरुका लागि न्यायको पहल तथा उनीहरुको त्यस्तो स्थितिको रुपान्तरण गर्ने अठोटका साथ स्थापित

महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले आफ्नो स्थापना दिवस मनाउँदै छ।
उक्त किशोरीका लागि न्यायको खोजी गर्ने क्रममा सिक्दै, सिकाउदै, सहयोग गर्दै, विभेद अन्त्यका लागि सामाजिक रुपान्तरणको आवाज उठाउँदै नुवाकोट जिल्लाको तात्कालीन शिखरबेशी गाउँपालिका (दुप्चेश्वोर गाउँपालिका) बाट आफ्नो यात्रा सुरु गरी अहिले प्रत्यक्ष रुपमा १९ जिल्लामा आफ्नो काम गरिरहेको छ भने महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालसंगको सहकार्यमा देशभर नै रुपान्तरणको अभियानमा छ।

सबै प्रकारका महिला माथि हुने गरेका हिंसा, जात, लैङ्गिकता, यौनिक व्यवहार, शारीरिक अवस्था, गर्ने कामको प्रकृतिको आधारहरु खडा गरी गरिने सम्पूर्ण विभेदहरु समाजमा जरो गाडेर रहेको, महिला पुरुषको बीचमा स्थापित असमान शक्ति सम्बन्ध, त्यसलाई जन्माउने पितृसत्तात्मक सामाजिक संरचना र उक्त संरचनालाई टेको लाउने हानिकारक मूल्य मान्यता हुन् भन्ने हाम्रो मान्यता छ। यसलाई तोड्न सामाजिक रुपान्तरणको अभियान आवश्यक छ भन्ने हाम्रो विश्वास छ।

यही विश्वासका कारण हामी विगत ३१ वर्ष देखि निरन्तररुपमा सडक देखि सदन सम्म आवाज उठाइरहेका छौं। देशका हरेक नागरिकले स्वतन्त्र र न्यायपूर्ण वातावरणमा कुनै विभेद र हिंसा बिना बाच्न पाउने अवस्था सिर्जना हुने वातावरण निर्माणका लागि हामी क्रियाशील रहने प्रतिबद्धता जाहेर गर्दछौं ।

वार्षिक उत्सवको अवसरमा संस्थाले दुई दिन दिवस मनाएको छ । पहिलो दिन समुदायका महिला,किशोरी,युवा,विद्यार्थी र राजनितिक दलका प्रतिनिधीहरुको उपस्थितीमा ओरेकको अभियान तथा कार्यक्रमहरुको वारेमा जानकारी,तस्विर प्रर्दशनी,महिला तथा घरेलु हिंसा न्युनिकरणको प्रयास तथा छलफल गरेको थियो यस्तै दोश्रो दिन लैंगिक समावेशी समानता झल्किने नृत्य, र त्रियुगा नगर युवा महिला संजालले सचेतना मुलक सडक नाटक प्रस्तुत गरेका थिए ।

यस्तै महिला मानव अधिकार रक्षक संजाल उदयपुर ,महिला सशक्तिकरण स्रोत केन्द्र ,सामुदायिक रेडियो उदयपुर लगाएत समाजिक संघ संस्थाको एक्यबद्धता रहेको अभियानको अगामी कार्यक्रमहरु जिल्ला स्तरिय र प्रदेश स्तरिय भेला ,राजनितिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने,समुदाय तहका महिला नेताहरुलाई राजनितिक अधिकारका निम्ती प्रोत्साहन गर्ने कार्यक्रमहरु तय भएको छ ।

थप फोटोहरु