Tuesday, July 21, 2026
Homeप्रमुख समाचारगर्भवती महिलाको मृत्यु विषयमा सत्य तथ्य छानविन गरी दोषिलाई कडा कारवाहिको माग...

गर्भवती महिलाको मृत्यु विषयमा सत्य तथ्य छानविन गरी दोषिलाई कडा कारवाहिको माग –संयुक्त प्रेस विज्ञप्ती

उदयपुर । जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको गर्भवती महिलाको विषयमा उदयपुरको महिला मानव अधिकार र विभिन्न समाजिक संघ संस्थाहरुले सत्य तथ्य छानविन गरी दोषीलाई कडा कारवाहिको माग गरेको छ । शनिवार संयुक्त प्रेस विज्ञप्ती जारी गरी घट्नाको सत्य तथ्य छानविन गरि दोषिलाई कडा भन्दा कडा कारवाहि र पिडितलाई न्यायका साथै आगामी दिनमा यस्ता घट्ना नदोहोरिन कर्मचारी तथा सरोकारवालाहरुलाई संबेदनशिल बन्नका लागि विज्ञप्ती मार्फत माग गरिएको छ । ११ संघ संस्थाका प्रतिनिधीहरुद्धरा हस्ताक्षर गरिएको विज्ञप्ती लेखिएको छ ।

मानव अधिकारको मुलमर्म भनेको नै नागरिकहरुको अधिकार प्रती राज्य तथा सरोकारवाला जवाफदेहि हुनु हो । मानव अधिकार विना मानविय मर्यादा, मानविय मुल्य, मान्यता र सम्पुर्ण मानव सभ्यताको संरक्षण हुन सक्दैन । मानव अधिकार मानिसलाई मानिस भएको कारणले प्राप्त हुने त्यस्ता प्रत्याभुतिहरु वा अधिकार हुन् । जसको सम्मान र पालना गर्न अर्को व्यक्ति, समाज, राष्ट्र र अन्तराष्ट्रिय समुदायको कर्तव्य अन्र्तगत पर्दछ । यस अर्थमा सामाजिक जिम्मेवारी, जवाफदेहितामा ध्यान दिन सम्पुर्ण सरोकारवालाहरुमा ध्यानाकर्षण गरादछौं । मानव अधिकारको कुरा गर्दा उदयपुरगढि गाउपालीका वडानम्बर ६ स्थायी बसोबास गर्ने अर्जुन कार्कीको श्रीमती ३२ वर्षिय सिता राउत कार्कीको मिति २०७८ फागुन १७ गते प्रसुति गराउन उदयपुर अस्पतालमा भर्ना गरि उपचार गराउने क्रममा ३ दिनको दिन १९ गते राती २ बजे मृत्यु भयो ।
पिडितका अनुसार उक्त घट्नामा स्वास्थ्यकर्मिहरुले सामान्य प्रसुति हुन सक्ने पिडित परिवारलाई आश्वासन दिएको थियो । आफ्नो विरामीको विषयमा स्वास्थ्य कर्मिसंग बुझ्न खोज्दा अपशब्द बोली दुव्र्यबहार गरेको, समयमानै प्रसुति गराउने सम्बन्धित चिकित्सकलाई खबर गर्न पिडितले अनुरोध गर्दा चिकित्सक विहान ५ बजे आउने आश्वाशन दिएको थियो तर समयमा चिकित्सक आई नपुग्दा र समयमा उपचार नपाउदा महिलाको मृत्यु हुनु जिल्ला स्वास्थ्य कार्यलय, उदयपुरका कर्मचारीहरुको चरम लापरबाहिले गर्दा भएको देखिन्छ ।
संविधानले व्यवस्था गरेको नागरिकको नैसर्गिक अधिकार संबैधानिक हकको धारा ३८, महिलाको हक अर्तगत उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धि हक हुने व्यवस्था गरिएको छ । साथै मौलिक हकको धारा ३५ को उपधारा १, मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको व्यवस्था गरेको छ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन, उपधारा २ मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ र उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरिएको छ ।
संविधानले सुनिश्चित गरेको मौलिक हक, बाच्न पाउने अधिकार कुन्ठित गरि जिल्ला अस्पताल उदयपुरको चरम लापरबाहिले महिलाको सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य हकको हनन् गरि आमा र बच्चाको बाँच्न पाउने हक र अधिकार उलघंन गरिएको प्रति सम्पुर्ण महिला मानव अधिकार कर्मीहरु, मानव अधिकार सञ्जाल, संघसंस्थाहरुको गम्भिर ध्यानआकर्षण भएको छ । यस घट्नाको सत्य तथ्य छानविन गरि दोषिलाई कडा भन्दा कडा कार्वाहि र पिडितलाई न्यायका साथै आगामी दिनमा यस्ता घट्ना नदोहोरिन कर्मचारी तथा सरोकारवालाहरुलाई संबेदनशिल बन्नका लागि जोडदार माग गर्दछौँ ।

Bigyapti _ PDF

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular