Tuesday, July 21, 2026
Homeप्रमुख समाचार११ औँ विश्व रेडियो दिवसको अवसरमा सामाजिक रुपान्तरण र सामुदायिक रेडियो बिषयक...

११ औँ विश्व रेडियो दिवसको अवसरमा सामाजिक रुपान्तरण र सामुदायिक रेडियो बिषयक अन्तरक्रिया कार्यक्रम

उदयपुर ।११ औँ विश्व रेडियो दिवसको अवसरमा सामाजिक रुपान्तरण र सामुदायिक रेडियो बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रेडियो र विश्वास नारा संगै महिला सशक्तिकरण स्रोत केन्द्र द्धरा संचालित सामुदायिक रेडियो उदयपुरले जिल्लामा रहेको विभिन्न सरोकारवला व्यक्तिहरु संग समाजिक रुपान्तरणको विषयमा छलफल गरेको छ ।

आइतवार फेमिनिस्ट रिर्सोट सेन्टर ओरेक नेपालको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा रेडियोका सस्थापक अध्यक्ष डा.रेनु अधिकारीले महिलाको सवालहरुलाई स्पष्ट स्पमा संचार माध्यमवाट बाहिर ल्याउन रेडियोको स्थापना भएको बताउनुभयो । उहाँले किशोरीहरुको नेतृत्वमा महिलाहरुको अवाजलाई सशक्तरुपमा बुलन्द पार्न रेडियो उदयपुरले महत्वपुर्ण भुमिका खेलिरहेको बताउनुभयो । उहाँले रेडियो उदयपुरले महिलावादी दृष्टिकोणवाट उत्पादन गरिएको गुणस्तरीय कार्यक्रम,पिएसए ,रेडियो नाटक हामीले देशको विभिन्न रेडियोहरुवाट समेत प्रशारण गरिरहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा त्रियुगा नगरपालिका उप प्रमुख देवि चौधरीले महिला सशक्तिकण कसरी गर्ने महिलालाई राजनितिकको नेतृत्वमा कसरी पहुच पुगाउने पक्षमा कलम अवाज उठाउनु पर्ने बताउनुभयो । उहाँले समाजमा अझै पितृसतात्मक सोचले जरो गाडेर बसेको बताउनुभायो । यसलाई चिर्न रेडियोले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले उच्चओहदा व्यक्तिहरुवाटै महिला पुरुष वरावरी भन्ने तर व्यवहारमा चाही लागु नगर्ने परम्पराले महिलको सवालहरु अझै ओझेल परेको बताउनुभयो ।

सामुदायिक रेडियोहरु समुदायका लागी समुदायमा समुदायवाटै संचालित स्थानिय संचारमाध्यम भएकोले समाज परिवर्तनको संवाहक रहेको संस्थाका कार्यकारी निर्देशक बनदना दनुवारले बताउनुभयो । उहँले कार्यक्रममा नेपालमा रेडियोको इतिहास र सामुदायिक रेडियोको स्थापनाको विषयलाई प्रस्ट पार्नुभएको थियो ।

महिला सशक्तिकरण स्रोत केन्द्र कार्यसमतिका अध्यक्ष मन्दिरा दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल,जिल्ला प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहरा,त्रियुगा जनता बहुमुखी क्यापस मोतिगडाका प्रमुख रमेश चन्द्र रोका, त्रियुगा नगरपालिका ८ का वडा अध्यक्ष कमल कुमार राउत,ऐमाले प्रदेश कमिटी सदस्य गिता रेग्मी,नेकपा माओवादी नगरकमिटी अध्यक्ष गिता खड्का,महिलाअधिकारकर्मी सृजना दनुवार ,गैरसरकारी महासंघ नेपालका सचिव महेश्वरी राई,नेत्र ज्योति महासंघ उदयपुरका अध्यक्ष भागवत राउत,गैसस महा संघका सदस्य सागर नेपाल,नेपाल पत्रकार महासंघ उदयपुरका पुर्व उपाअध्यक्ष भोटराज राई ओरेक नेपालका व्यवस्थापक कमला खड्का, दलित संघ उदयपुरको अध्यक्ष शुसिला विक लगाएले सामुदायिक रेडियोको महत्वको विषयमा आफनो धारणा राखेका थिए ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular