श्रमिक महिला दिवसमा अन्तरक्रिया तथा कविता प्रतियोगिता सम्पन्न ,चार महिला सम्मानित

0
233

रन्जना कार्की,उदयपुर । अन्तराष्ट्रिय महिला दिवस तथा ११२ औँ अन्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्च्तता नाराका साथ महिला,श्रम र सम्मान बिषयमा अन्तरक्रिया तथा कविता प्रतियोगिता सम्पन्न भएको हो ।

मंगलवार त्रियुगा नगर युवा महिला संजालको अयोजनामा त्रियुगा नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कविता प्रतियोगितमा रामजानमी मावी मोतिगडाका भावना थापा प्रथम स्थान ल्यान सफल भएकी थिइन् भने द्धतिय स्थान त्रियुगा उच्च मावी गाईघाटकी उषा कुमारी कार्की र तृतिय अम्वेर जन्ता उच्च मावी राजावासकी विना बिक हुन सफल भएकी थिईन् । उनीहरुलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको नगरपालिकाका सामाजिक शाखा प्रमुख विश्वजित राईले बताउनुभयो ।

यस्तै अवसरमा सामाजिक अभियान तथा श्रमसँग जोडिएका उदयपुरका चार जना महिला सम्मानित भएका छन्।
सम्मानित हुनेहरुमा झण्डै ५ दशकदेखि महिला तथा सामाजिक अभियानमा कृयाशिल ओरेक नेपालका पूर्वअध्यक्ष रामवत्ति चौधरी, जिल्ला प्रहरी कार्यालयका जवान तथा सवारी चालक लिला तामाङ्ग, अटोचालक त्रय मालती राई, देविका सार्की र शर्मिला चौधरी रहेका छन्।

उनीहरुलाई त्रियुगा नगरपालिकाका उपमेयर देविकुमारी चौधरी, गैसस महासंघका १ नम्बर प्रदेशका कोषाध्यष दुर्गानन्द चौधरी लगायतले दोसल्ला, प्रशंसापत्र र नगदले सम्मान गरिएको हो।
सामाजिक अभियन्ता चौधरीलाई त्रियुगा नगरपालिका र महिला सशक्तिकरण स्रोत केन्द्रको सहयोग तथा ओरेक नेपालको समन्वयमा नगर स्तरीय युवा महिला संस्था र आकाश गंगा साहित्यिक संस्थाले सम्मान गरेको हो। त्यसैगरी अन्य तीन जना सवारी चालकलाई गैसस महासंघले सम्मान गरेको हो।

उनीहरुले महिलाका समस्या, चुनौती, अवसर र विगतका दिनको दिनचर्यालाई समेटेर आप्नै शैलिमा कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक अध्याँरो दिनबाट उज्यालोतर्फ धकेलिँदासमेत महिलामाथि शोषण, दमन, अत्याचार, बलात्कार, विभेद् नहटनु दुःखद भएको बताउनुभयो ।
उनले भनिन्, ‘समान कामको समान ज्याला नहुनु महिला माथि आर्थिक र समानतामाथिको शोषण हो, त्यसैले यो विभेद् रहेसम्म महिला अगाडी आउनै सक्दैन्।’ ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले मात्र अहिलेसम्म समान कामको समान ज्याला निर्धारण गरेको छ बाँकी सबैमा असमान ज्याला छ,’ उपप्रमुख चौधरीले भन्नुभयो , ‘यो विभेद्को अन्त्य गर्न हेरक क्षेत्रमा महिला नेतृत्वलाई प्रमुख पदमा लैजानु पर्छ।’

कार्यक्रममा ओरेकका कार्यक्रम अधिकृत बाला कार्कीले महिलाका सवालमा विश्व र नेपालका कानुनमा भएका व्यवस्था, कार्यान्वय, सन्धिसम्झौता, नीतिगत व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेकी गर्नुभएको । उक्त कार्यक्रममा महिला,श्रम र सम्मानको विषयमा जिल्लाको सरोकारवला व्यक्तिहरु संग अन्तरक्रिया समेत गरिएको छ ।
महिला सशक्तिकरण स्रोत केन्द र त्रियुगा नगरपालिकाको सहयोग,अकाश गंगा साहित्य मन्च र ओरेक नेपालको समन्वय रेहको कार्यक्रम त्रियुगा नगर युवा महिला संजालका रन्जना मगरले कार्यक्रम संचालन गरेको थियो ।