सप्तरीमा जारी तेस्रो मेयर कपको उपाधी मलिथम फुटवल क्लव उदयपुरले चुम्यो ।

0
289

उदयपुर । तेस्रो मेयर कपको उपाधी मलिथम फुटवल क्लव उदयपुरले चुमेको छ । सप्तरीको शम्भुनाथ नागरपालिकामा जारी मेयर कपको फाइनल खेलमा फ्युजन क्लव बोक्सेलाई पछाडी पार्दै मलिथम फुटवल क्लव उदयपुरले मेयर कपको उपाधी चुम्न सफल भएको हो ।

खेल अवधीभर दुवै तर्फको खोलाडीहरुवाट दुई दुई गोल गरी बारावर भएपछी अन्तयमा ट्राईवेकरमा मलिथम फुटवल क्लवले आफनो जितलाई सुनिश्चीत गरेको थियो ।

शुक्रवार भएको फाइनल खेलमा फ्युजनवाट प्रविन राई र मलिथमको तर्फवाट विवेक केसीले गोल गर्दा खेल ट्राईवेकरमा परिणत भएको थियो । यस्तै सर्वउत्कृष्ट खेल प्रर्दशन गरी मलिथमवाट विवेक केसी उत्कृष्ट खेलडी बन्न सफल भए ।

र्भखरै सम्पन्न उदयपुर जिल्ला (ए) डिभिजन लिग फुटवल प्रतियोगिताको विजेता फ्युजन क्लवलाई मलिथम फुटवल कल्व उदयपुरले १–३ अन्तरमा जित हासिल गरेको हो ।

उपाधी चुमे संगै विजेता मलिथमले नगद ५५ हजारको राशी संगै ट्रफी हात पारेको छ भने उप विजेता फ्युजनले ४५ हजारमा आफनो चित्त बुझाउनु परेको छ ।

निकै प्रतिस्प्रधात्मक रहेको खोलमा मलिथमका खेलाडीहरुले सुरुवाती संगै राम्रो खेल प्रर्दशन गरेको थियो ।
संन्यासी यूवा क्लब पोखरीया ८ सप्तरीद्वारा आयोजित तेस्रो मेयर कपको शम्भुनाथ नगरपालिका सप्तरी को आर्थिक सहयोग रहेको थियो ।

आयोजकका अनुसार खेलमा सिरहा,सप्तरी,सुनसरी,महोतरी र उदयपुर गरी जम्मा ११ वटा टिमको सहभागी रहेको थियो ।