डिएन चौधरी, उदयपुर । जसराज वंशको तेश्रो सम्मेलन सम्पन्न भएको छ । जसराज समाजद्धरा आयोजित सम्मेलनमा वंशावलीको तेश्रो संस्करणको बिमोचन समेत गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ भुमरसुवामा आयोजित सम्मेलनमा वंशावलीको तेस्रो संस्करण २०७८ को विमोचन गरेको संस्करणका प्रमुख सम्पादक सुर्य नरायाण चौधरीले बताए । उनले ,जसराज वंशलाई एकवद्ध गर्ने अठोटले वंशावलीको तेस्रो संस्करण २०७८ प्रकाशन गरिएको बताए । वंशका पुस्ताहरुलाई सुचिकृत गरी अभिलेख र जनसाङ्ख्यिक विवरण तयार गर्न यो पुस्तकले मद्धत पुग्ने बताए ।
नेपालको भुमिपुत्र आदिवासी थारु विश्वका प्राग ऐतिहासिक कालखण्डको जाती रहेको जसराज समाजका निर्वतमान अध्यक्ष चन्द्र नरायाण चौधरीले बताए ।उनले, सिद्धार्थ गौतम वुद्ध थारुकै सन्तान थिए भनेर विभिन्न अनुसन्धानहरुले प्रमाणित गर्दैआइ रहेको बताए । थारु जाती भित्र विभिन्न वंशरु पर्दछ राना थारु,सोनाह,दगौरा,कोचिला यसै मध्ये वाट एक वंश जसराज पनी रहेको बताए ।
यस्तै जसराज वंशसजका सवैभन्दा जेष्ठ नागरिक छविलाल जसराजको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व सहायक उधोग मन्त्रि लक्ष्मि नरयाण चौधरी,पुर्व शहरी विकास मन्त्रि मन्जु चौधरी लगाएत २०४६ शालका १५ जना संस्थापक सदस्यहरुलाई सम्मान पत्रले सम्मान गरेको थियो ।
यस्तै सम्मेलनले विजय जसराजको नेतृत्वमा ९ जना नयाँ कार्यसमिती सर्वसहमत चयन गरेको छ । उपाध्यक्षमा राम कुमार चौधरी,सचिवमा पुकार चौधरी,कोषाध्यक्षमा संगिता चौधरी,सदस्य शिव नरायाण चौधरी,सरोज जसराज,सुन्दरी कुमारी चौधरी,हरिदेव चौधरी,पृथ्वी विलास चौधरी सर्वसहमत चयन भएको जसराज वंशावली समाजमा निर्वमान अध्यक्ष चन्द्र नरयाण चौधरीले बताए । सम्मेलनमा उदयपुर ,सिरहा,सप्तरी,सुनसरी,मोरङ्ग र झपा वाट जसराज वंशका सन्ततिहरु सहभागी रहेका थिए ।