डिएन चौधरी,उदयपुर । राजावास बजारको लागी घर टहरा निमार्ण भए पनी बजार भने सडकै लाग्ने गरेको छ । सडकमै बजार लाग्दा सर्वसाधारणलाई जोखिम पनी उत्तिकै थपिएको छ ।त्रियुगा नगरपालिका ९ स्थित मदन भण्डारी राजमागर्गमै बजार लाग्दा दुर्घटनाको जोखिम बढेको हो।
राजावास बजार व्यवस्थापन गर्नको लागी चौक देखि ३ सय मिटर पश्चिम सरस्वती खोला छेउमा बजारको लागी लाखौ खर्च गरेर बनाएको घर टहरा भने खाली रहेको छ । यो भन्दा अगाडी पनी वजार सडकमै भनेर रेडियो उदयपुरमा समाचार प्रकाशन तथा प्रशारण भएपछी केहि दिनममै बजार व्यवस्थीत घर टहरमा सरेको थियो , तर पछिल्लो कोभिड महामारीको संक्रमण पछी बजार पुनःसडकमै लाग्दै आएको छ।
अहिले भने कोरोनाको संक्रमण दर घटदै गएपछी वजारमा चहलपहल पनी बढेको छ तर सडकमै खुद्रा व्यपारीहरु बजार लगाउन थाले पछी सर्वसाधारण ग्रहाकलाई जोखिम त छ नै सवारी चालकहरुलाई पनी गाडी चलाउन समस्या परेको छ । यस्तै नजिकै सामुदायिक विद्यालय रहेको हुदा विद्यार्थीहरुमा पनी बजार लागेको समय आवत जावतमा समस्या छ ।
वजार आउदा साथमा कहिले काही बच्चाहरुलाई पनी लिएर आउनुपर्ने हुन्छ ,सडकमै सामान किन्नु पर्दा गुडिरहेको गाडीले ठक्कर दिने हो की भन्ने डर हुने गरेको बजारमा किनमेल गर्दै गरेको स्थानिय सर्मिला दनुवारले बताउनुभयो । यस्तै बजारमै भेटिएको त्रियुगा ८ रातमाटेका स्थानिय रवी राई भन्नुहुन्छ, राजावास चौकमा आउनलाई केहि सहज भए पनी दुर्घटना हुने खोजिम वढी छ । उहाँले वजारलाई व्यवस्थित बनाउन सरोकारवला निकायहरुले ध्यानदिनु पर्ने बताउनुभयो ।
यता वजारको घर टहराहरु खाली भएपछी व्यक्तिगत प्रयोजनको लागी प्रयोग भइरहेको छ । स्थानियले गाई,भैसी बाधनुको साथै,धान,पराल र घरका समानहरु राखेर प्रयोग गरिरहेका छन् ।
यस्तै यो विषयमा राजावास वजार व्यवस्थापन समितीका अध्यक्ष धन नरायण श्रेष्ठ संग बुझ्दा व्यपारीहरुले बजार खोला छेउमा रहेको स्थानमा सार्न नमानेको बताउनुभयो ।उहाँले बारम्वार व्यपारीहरुलाई वजार व्यवस्थित स्थानमा सार्न आग्रह गरे पनी अटेर गरेको बताउनुभयो । उहाँले वजार स्थल त्रियुगा नगरपालिका वडा नम्वर ८ र ९ को सिमनामा बनेकोले दुवै वडा अध्यक्षहरु संग छलफल गरेर सुरक्षित स्थानमा स्थान्तरण गरेर व्यवस्थित बनाउने बताउनुभयो ।
यस्तै त्रियुगा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष धन बहादुर दनुवारले पनी वजार व्यवस्थापन समितीसंग छलफल गरेर छिटै वजार सुरक्षित स्थानमा सार्ने बताउनुभयो ।
बजार व्यवस्थित बनाउनका लागी त्रियुगा नगरपालिका वडा नम्वर ८ र ९ को सिमानामा रहेको सरस्वती खोलको पुल छेउमै शहरी विकास मन्त्रालय र नगरपालिकाको सहयोगमा ३० लाख वढीको लागतमा घर,सर्टर टहरा निमार्ण भएको छ ।