उदयपुर । थारु युवा सभा उदयपुरले जिल्लामा राष्ट्रिय जनगणना सचेतना तथा थारु इतिहास कला,संस्कृति संग्रह पुस्तक प्रकाशनको लागी सुझाव संकलन कार्यक्रम शुरु गरेको छ ।
“थारु भाषा,कला संस्कृति हमर पहिचान जनगणनामे थारु जाती,भाषा धर्म लिख्याके करु संरक्षण मुल” नारा संगै थारु युवा सभा उदयपुरले आइतवार थारु कल्याण कारणी सभा त्रियुगा नगर कमिटीको सहकार्यमा त्रियुगा नगरपालिकामा कार्यक्रमको अयोजना गरेको हो ।
कार्तिक २२ गते सोमवार चौदन्डिगढी नगरपालिका ५ सिवाइको कृषि उपज केन्द्र र बेलका नगरपालिका २ करहियामा अवस्थित थारु संग्रहालयको भवनका कार्यक्रमको आयोजना हुने थारु युवा सभा उदयपुरका अध्यक्ष दुलिराम चौधरीले बताए ।
प्रदेश १ सभा सदस्य माननिय सुनिता चौधरीको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा ,थारु कल्याण कारणी सभाको केन्द्रिय सदस्य जयराम पंजियार,थाकस जिल्ला सभापती शिवकान्त चौधरी,त्रियुगा नगरपालिकाका उप प्रमुख देबि चौधरी,त्रियुगा नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष तथा थाकस जिल्ला कोषाध्यक्ष पशुपती चौधरी,आदिवासी जनजाती महासघ उदयपुरका अध्यक्ष गौरी शंकर उदास,थाकस जोगिदह गाउँकमिटी अध्यक्ष उमाकान्त चौधरी लगाएतले थारु भाषा,संस्कृति,जात र्धमको संरक्षण संगै घर घरमा आउने गणकहरुलाई बास्तविक विवरण टिपाउन अनुरोध गरे ।
कार्तिक २५ गते देखि हुने राष्ट्रिय जनगणनामा थारु समुदायले जाती थारु,भाषा थारु,पुर्खाको भाषा थारु,मातृभाषा थारु ,धर्म बौद्ध र कोड नम्वर ४ उल्लेख गर्न आग्रह गरेका छन् ।
त्रियुगा नगरपालिका ४ बगहा सालघारी थाकस नगरकमिटीको सभा हलमा सम्पन्न कार्यक्रममा जिल्लामा रहेको समाजिक थारु संघ संस्थाका प्रतिनिधी,स्थानिय जनप्रतिनिधी,थारु अग्रज बुद्धिजिवी, थारु गाउँटोल जेवार प्रमुख व्यक्ती साथै महिला र युवाहरुको सहभागी रहेको थियो ।