Wednesday, July 22, 2026
Homeप्रमुख समाचारजितिया पर्वलाई लक्षित गर्दै थारू भाषाको नयाँ गीत ‘हे जितमहान’को म्यूजिक भिडियो...

जितिया पर्वलाई लक्षित गर्दै थारू भाषाको नयाँ गीत ‘हे जितमहान’को म्यूजिक भिडियो सार्वजनिक

उदयपुर । आदिवासी थारू महिलाहरुको मौलिक पर्व जितिया नजिकिँदै गर्दा सोही संस्कृति झल्किने थारू भाषाको गीत ‘हे जितमहान’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। नवीन चौधरीको शब्द रचना रहेको उक्त गीतमा अनुमा चौधरी र सुनिल चौधरीले स्वर दिएका छन् भने सुनिल चौधरीको संगीत रहेको छ । गीतमा समीक्षा चौधरी र सोनु कुश्मीले कोरसमा साथ दिएकी छिन् ।

उक्त गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् भने चन्द्र चौधरीको रहेको छ । यस्तै गीत म्‍युजिक भिडियो जनक चौधरीले गरेका छन् भने सम्पादन हेमन तामाङले गरेका छन् ।

यस्तै उक्त गीतको म्‍युजिक भिडियोको छायांकन थारू बाहुल्‍य जिल्ला सुनसरीको रामधुनी, परिहारपुर र मधैली गाउँमा गरिएको छ।

थारु संस्कृति झल्किने उक्त म्‍युजिक भिडियोको मूख्‍य भूमिकामा सबिता चौधरी, गोविन्द चौधरी देखिएका छन्।

थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरी (टीएफसीए)को युट्‍युब च्‍यानलमार्फत थारू भाषामा जितियाको ९तिहार०को म्‍युजिक भिडियो सार्वजनिक गरेको हो।

पूर्विया थारू समुदायमा जितियाँ कसरी मनाइन्छ भन्‍नेबारे जानकारी तथा मौलिक संस्कृतिको जगेर्ना गर्नको यो म्‍युजिक भिडियो बनाउनु परेको थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका सचिव जनक चौधरीले बताए ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular