महिला मानवअधिकार रक्षक सञ्जाल उदयपुरमा नयाँ कार्य समिती चयन

0
267

असोज २, उदयपुर । महिला मानवअधिकार रक्षक सञ्जाल उदयपुरको ११औ साधरण सभा तथा छैंठौ अधिवेशनले माया भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमीति सर्बसहमत चयन गरेको छ ।

उदयपुरको ओरेक नेपालमा सम्पन्न अधिवेशनले ३१ सदस्य नयाँ कार्यसमिती चयन गरेको हो । सञ्जालको उपाध्यक्षमा पाण्डु परियार र सानुमैया कार्की, सचिवमा अप्सरा समाल, सह सचिवमा पार्वति राई, कोषध्यक्षमा आनन्दवती चौधरी लगाएत ३१ सदस्य नया कार्यसमिती चयन गरेको हो ।

यस्तै सदस्यहरुमा लक्ष्मि थापा, शान्ता पाराजुली, कल्पना ढकाल, बालीका कार्की, अन्जना कोईराला, बुद्ध राई, जानुका कार्की, पवित्रा राई, सृजना पौडेल, यान कुमारी मगर, मिनु श्रेष्ठ, बन्दनाथापा मगर, अनिशा मगर, देवि घिमीरे, मन कुमारी भुजेल, शशिकला परियार, रन्जु दनुवार लगाएत ३१ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ ।
सञ्जालमा पालीका प्रतिनिधी २/२ जना समेटेर ३१ जनाको नयाँकार्य समिती चयन गरिएको हो ।

कार्यक्रमको उत्घाटन सत्रमा शुभकामनादिनु हुदै कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १का माननीय अम्बिका थापाले द्धन्द्धकालमा पनि आफ्नो हक अधिकारको लागि न–डगमगाई अगाडी बढेको महिलाले आफ्नो अधिकारको लागि अझै संघर्ष गर्नु पर्ने बताउनु भएको छ । उहाले महिलाअधिकारको रक्षाको लागि आफु सधै तत्पर रहने र जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यसै गरि कार्यक्रमका विशेष अतिथी त्रियुगा नगरपालीकाका उपमेयर देवि चौधरीले आफ्नो आफ्नो उदाहरण दिनु हुदै महिलाले आफ्नो हकअधिकार सुनिश्चित गर्न सधै आफै लड्नु पर्ने बताउनु भएको छ ।
उहाले अहिले पनि आफ्नो अधिकारको लागि लडिरहेको बताउनु भयो ।

यसैगरि कार्यक्रममा अतिथी महिला मानवअधिकार रक्षक सञ्जाल उदयपुरका सल्लाहाकार महेश्वरी राई, सृजना दनुवार, अतिथी सुमन परियार, रौतामाई गाउपालीका वडानम्बर ७का सदस्य राधा मगर, आभाषा राष्ट्रिय अभियानका संयोजक नजबुल खान निलम, ओरेक नेपालका व्यवस्थापक कमला खड्का, सगरमाथा महिला जागरण मञ्चका अध्यक्ष मणिका दुलाल लगातले शुभकामनाव्यक्त गर्नु भएको थियो ।

असोज ३१ गतेबाट सुरु भएको, सञ्जालको वार्षि कार्य योजना निर्माण कार्यशाला गोष्ठि र सञ्जालको ११औं साधरणसभा तथा छैंठौ अधिवेशन शुत्रारव सम्पन्न भएको हो । महिला मानव अधिकार रक्षक संजाल ले बार्षिक कार्ययोजना निर्माण गरेको छ भने ८ लाख ५० हजार्को आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरेको छ । .