उदयपुर । जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुरमा गठन भएको छ । जिल्लाको आठ वटै पालिकालाई समेटेर सञ्जाल गठन गरिएको छ ।
विगत १ वर्ष देखि महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरले जिल्लाका युवा महिलाहरुलाई नेतृत्व विकासको तालिम दिदै आएको थियो । शुत्रवार महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुर र सामुदायीक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्जले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ११ सदस्य जिल्ला कमिटी सार्वजनिक गरेको हो ।
युवा महिलाहरुलाई नेतृत्व विकासको तालिम दिई समुदाय स्तरमा रहेको महिलाको मुद्धाहरुलाई पहिचान गर्न सहयोग पुग्ने संस्थाको कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो । युवाहरुको नेतृत्वले असमान शक्ति सम्बन्ध बाट स्थापित विभेदहरु बिरुद्धको आवाज लाई समुदाय तह बाटै बुलन्द गर्दै महिला आन्दोलन लाई अगाडि बढाउन मद्धत पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले विगत १ वर्ष देखि विभिन्न चरणमा युवा महिलाहरुलाई नेतृत्व विकास,महिला वादी क्षमता अभिबृद्धि,लैंगिक समानता,बाल विवाह न्युनिकरण लगाएतको विषयमा प्रशिक्षण गराई सञ्जाल गठन गरेको बताउनु भयो ।
सञ्जालको संयोजकमा त्रियुगा नगरपालिकाका रञ्जु दनुवारलाई चयन गरिएको छ । त्यस्तै, सदस्यहरुमा त्रियुगाकै रेणुका चौधरी ,अर्चना दनुवार र सुनिता सदा रहेका छन् । चौदण्डीका आस्मा कार्की, बेलकाका पवित्रा राई र कटारीको पवित्रा दाहाल सदस्यमा चयन भएका छन् । उदयपुरगढीका सुस्मीता कार्की, ताप्लीका रेखा ज्यु ठकुरी र लिम्चुङबुङका सत्यकला राई र रौतामाई गाउँपालिका वाट नविना परियार सञ्जालका सदस्यहरु रहेका छन् ।