पुर्वको थारु समुदायमा रैव पर्वको रौनक

0
281

डि.एन चौधरी, उदयपुर । पुर्वको थारु समुदायमा रैव पर्व मनाउदै छन् । भाद्र महिना भरी मनाइने यो पर्वले उदयपुरको थारु समुदायमा रौनकता थपिएको छ ।

भाद्र महिनाको आइतवार मनाउने यो पर्वमा दहि, च्युरा, दुध, खिर, जेरी, मिठाई, फलफुल तथा गुलियो खानेकुराहरु खाएर मनाइन्छ ।

यो वर्ष पनी कोरोना महामारीको जोखिम कायमै रहेकोले सवै जना आ आफनै घरमा बसेर पर्व मनाउदै छन् । रैव पर्वमा आफन्तजनको घरमा एक गाउँ देखि अर्को गाउँमा मेजवानी गएर मनाउने,भजन कृतन तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउदै आएपनी यो वर्ष कोरोना महामारीले गर्दा घर परिवार संगै पर्व मनाइरहेको थारु कल्याण कारणी सभाका सभापती शिवकान्त चौधरीले बताए ।

थारु भाषामा आईतवारलाई रैब भन्ने गरेकोले यो पर्वको नाम रैब हुन गएको मानिन्छ । यो बर्ष भाद्र महिनाको पहिलो आइतवार उदयपुरका अधिकाशं थारु समुदायमा आज धुमधामका साथ आफनै घरमा रैव पर्व मनाउदै छन् ।

धार्मिक मान्यता अनुसार पर्वको दिन नुन, तेल नखाएर वर्त बस्ने चलन छ । यो पर्वमा थारु समुदायको वालबच्चा देखि लिएर बृद्ध सम्म वर्त बस्ने गर्दछ । यो दिन नुन तेल खाएमा कुलदेवता रिसाउने र खेत रोपाई संगै बिश्राम लिने महिना भदौ भएकाले एक दिन दहि च्युरा खाएर पर्व मनाउने प्रचलन रहेको सभापती चौधरीले बताए । उनका अनुसार थारुहरुले बिहानै स्नानगरी प्रकृती र कुलदेवतालाई पुजा प्रथाना गरी विभिन्न गुलियो परिकार तथा फलफुलहरु बिधिवतरुपमा चढाइ प्रसादको रुपमा खाने गर्दछन् ।

धार्मिक मान्यता अनुसार बालबच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा बृद्धिको लागि समयमा बर्षा होस, धानवालीमा रोग नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाईने चलन छ ।

त्यस्तै वैज्ञानिक दृष्टिकोण वाट पनि यो पर्वलाई उत्तम मानिन्छ । थारु समुदाय बिशेष गरेर खेतिपातीमा निर्भर भएको हुनाले बर्षको समयमा खेती रोपाईको क्रममा कृषकले नुन र तेल बढी खाने गरेको हुदा प्रेसर बढ्ने भएकोले एक दिन नुन र तेल नखाई गुलियो खानेकुरा खादा प्रेसरमा सन्तुलन आउने विश्वास गरिन्छ ।यो पर्व थारु समुदायले भाद्र महिनाको कुनै एउटा आइतवार मनाइन्छ ।