पुर्णिमा थापा (भिमरैता) को ढल्की नाचिन्छ तिज गित सार्वजनिक ।

0
22

उदयपुर । पुर्णिमा थापा (भिमरैता)को ढल्की नाचिन्छ तिज गित सार्वजनिक भएको छ । उदयपुर मिडिया हवको बेल्टारको प्रस्तुती रहेको नयाँ तिज गितको म्युजिक भिडियो शुक्रवार एक कार्यक्रमका विच सार्वजनिक गरेको हो । गितमा शब्द तथा स्वर पुर्णिमा थापा (भिमरैता)को रहेको छ भने संगित नवराज राउत र एरेन्ज आर के मिलनको रहेको छ ।

यस्तै प्रेम जंग किरातीको निर्देशन रहेको भिडियोलाई कोरियोग्रफ शिव चौधरीले गरेका छन् । भिडियोमा कलाकार पुर्णिमा थापा,देव नरयाण चौधरी,निर्मला श्रेष्ठ, सरिका राई,बिमला श्रेष्ठ,रुकु राई,पेटर राई,अन्कित थापा,प्रमिता राई र बिएस बि इन्टरटिमेन्ट झापाको कलाकारहरुको अभिनय र्हेन सकिन्छ ।

उदयपुरको बेल्टारमै छयाँकन गरिएको गित आउदै गरेको तिजको अवसर पारेर सार्वजनिक गरिएको हो । म्युजिक भिडियोलाई चौदन्डिगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईको प्रमुख आतिथ्यता सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक गर्दै उहाँले आउदै गरेको तिजको शुभकामना समेत दिनुभएको छ ।

गितको भिडियो यहाँ हेर्न सकिन्छ ।