वडा नम्वर ९ को आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन 

0
341

राजावास । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन भएको छ । बुधवार एक कार्यक्रमको विच स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन उद्धघाटन भएको हो ।वडाको भिल्केटोलमा निर्मित भवनको त्रियुगा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष धन बहादुर दनुवारले रिवन काटेर उद्धघाटन गर्नुभएको हो ।

भवनको उद्धघाटन संगै स्वास्थ्यका आधारभुत सेवाहरु पनी सुचारु गरिएको वडा अध्यक्ष दनुवारले बताउनुभयो । उहाँले नेपाल सरकारको स्वास्थ्य संरचना अनुसार एक वडा एक स्वास्थ्य केन्द्र निमार्ण अभियान अन्तर्गत त्रियुगा नगरपालिका र ग्लोबल कन्सट्रक्सन विच भएको सम्झौता अनुसार ३७ लाख रकममा भवन निमार्ण सम्पन्न भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा त्रियुगा नगरपालिका स्वास्थ्य शाखाका संयोजक अवध नरायाण चौधरीले अधारभुत स्वास्थ्य सेवा केन्द्रवाट उपल्बध हुने सम्पुर्ण सेवाहरु निशुल्क हुने भएकोले वडावासीलाई स्वास्थ्य लाभ लिनु हुन अनुरोध गर्नुभयो । उहाँले ३५ किसिमका औषधी र स्वास्थय समाग्रीहरु सेवा केन्द्रहरुवाट निशुल्क रुपमा उप्लब्ध हुदै आएको बताउनु भयो ।उहाँले स्वास्थ्य सेवा केन्द्रवाट अशक्त ,वालवालिका,महिला,गर्भवती,सुत्केरी तथा जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा उप्लवध गराउन समेत स्वस्थ्यकर्मीलाई निर्देशन समेत दिनुभयो ।

भनव निमार्णका लागी स्थानिय झिल्केटोल निवासी राधा कुमारी दनुवार र उर्मिला दनुवारले आफना परिवारका सदस्य स्व. भिम बहादुर दनुवार,स्व.आशामाया दनुवार र स्व. शम्भु दनुवारको नाममा स्वास्थ्य केन्द्र भवनको लागी जग्गा निःशुल्क दान गरेका थिए । जग्गा दता राधा र उर्मिला दनुवारलाई वडा कार्यलयले कार्यक्रममै अविर र खादा ओढाए सम्मान गरेको थियो ।

कार्यक्रममा छिमेकी वडा त्रियुगा नगरपालिका १० का वडा अध्यक्ष प्रकाश कुमार खड्का वडा नम्वर ८ का का.व अध्यक्ष कमला कटुवाल ,वडा जनप्रतिनिधीहरु,स्थानिय राजनितिक दलका प्रतिनिधी,वडा भित्र रहेका टोल विकास संस्थका प्रतिनिधी,स्वास्थ्यकर्मी,महिला स्वयमसेविका,स्थानिय बुद्धिजिवी लगाएतको उपस्थित रहेको थियो ।