कृषलाको न्यायको माग गर्दै थारु संघसंस्थाको संयुक्त प्रेस विज्ञप्ति जारी

0
26

उदयपुुर । त्रियुगा नगरपालिका वडा नम्वर ६ मोहनपुरकी १७ बर्षिया कृशला चौधरीको बलात्कार पछी हत्या गरिएको आशंका भएकोले उनको न्यायको लागी जिल्लाका थारु संघ संस्थाहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेको छ ।

जिल्लामा रहेको थारु कल्याणकारीणी सभा,थाकस नगर समिती,थारु युवा सभा,नेपाल थारु पत्रकार संघ,प्रगतिशिल थारु समाज,थारु महिला सभा र मलिथम थारु सेवा समाज लगाएतको संघ संस्थाहरुले चौधरीको न्यायको माग गर्दै संयुक्त रुपमा विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ ,नेपालको संबिधानले हरेक ब्यक्तिलाई स्वतन्त्र पुर्वक बाच्न पाउने अधिकार र राज्यले हरेक नागरीकको जीउ धनको शान्ति सुरक्षाको ग्यारेन्टी गरेको छ । तर त्यस्तो अधिकार हन्न हुने गरी उदयपुर जिल्ला त्रियुगा गरपालिका वडा नम्वर ६ स्थायी बसोवास गर्ने बुवा प्रेम कुमार चौधरी र आमा हिरा चौधरीको छोरी श्री जनता माध्यमिक विद्यालय देउरीमा कक्षा १० मा अध्ययनरत वर्ष १६ की कृशला चौधरीको विभत्स रुपमा हत्या भएको घटनाले थारु कल्याणकारणी सभा उदयपुर लगाएत विभिन्न थारु संघ संस्थाहरु स्तव्ध भएको छ ।

एक हप्ता देखी घर नफर्किए पछी खोजी गर्ने क्रममा मिती २०७८ साल साउन १९ गते चुरे जंगलमा बालिकाको शव फेला परेको र उक्त वालिकालाई बलात्कार पछी हत्या गरिएको आशंका भएकोले शव फेला परेको ७ दिन बितिसक्दा पनी सत्य,तथ्य विवरण प्रहरीले सार्वजनिक गर्न ढिलाई गरेको भन्दै घटनाको निष्पक्ष रुपमा छानविन गरी संलग्न अपराधीलाई कानुनी कठघरामा ल्याई हदै सम्मको कारवाही जोडदार माग गर्दछौ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

थप सम्बन्धित समाचार

http://प्रमुख समाचार उदयपुरमा किशोरीको सामुहिक बलत्कारपछि हत्याको आशंका ,दोषीलाइ कडा कारवाहीको माग