समाचारको प्रभावः बस्ती जोगाउन बाँध लगाउदै

0
249

राजावास । त्रियुगा नगरपालिका वडा नम्वर ८ र ९ भएर बग्ने सरस्वतीखोलाले काटान गर्न थालेपछी घर,बस्ती बचाउन बाँध र तारजाली लगाइएको छ ।

रेडियो उदयपुरमा २०७८ श्रावन ५ गते सरस्वती खोलामा एकतर्फी बाँधले घर कटानको उच्च जोखिम शिर्षकमा समाचार प्रशारण र प्रकाशन भएको थियो । समाचार प्रकाशन र प्रशारण भएको एक हप्ता भित्रै खोलाको उत्तर तर्फको बस्ती जोगाउन बाँध निमार्ण गरिएको छ ।

घर जग्गा बचाई दिन हारगुहार गरिरहेको स्थानियले बाँध निमार्ण भएपछी खुसी भएका छन् । वडा नम्वर ९ का वडा अध्यक्ष धन वहादुर दनुवारले आफनो वडा भित्र भएर बग्ने खोलाको सिमाना सम्म अव दुवै तर्फ बाँध निमार्ण गर्ने बताए ।

तर सरस्वती खोला माथि वडा नम्वर ८ हुदै शाहिखोला समेत मिसिएर बग्ने हुदा वडा नम्वर ८ भित्रको सिमाना उत्तराईटोल गाउँमा नदी नियन्त्रण नहुदा खोला कटानको जाखिम भन्ने उत्तिकै रहेको छ ।

सम्बन्धित थप समाचारः

सरस्वती खोलामा एकतर्फी बाँधले घर कटानको उच्च जोखिम