महिला तथा किशोरी माथी सार्वजनिक स्थलमा हुने हिंसा न्युनिकरण गर्न परामर्श छलफल 

0
342

दिपा दनुवार र रेणु चौधरी, उदयपुर  । महिला तथा किशोरी माथी सार्वजनिक स्थलमा हुने हिंसा न्यनिकरण गर्न परामर्श बैठक सम्पन्न भएको छ ।
सार्वजनिक स्थलमा हुने सबै प्रकारका हिंसा न्युनिकरणमा सवै संघ संस्थाको ऐक्यबद्धता कायम गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

ओरेक नेपाल उदयपुरको आयोजनमा भएको कार्यक्रममा जिल्लामा महिलाको क्षेत्रमा काम गर्ने विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममाा सार्वजनिक स्थलमा  किशोरी र महिला माथी हुने हिसांको बारेमा छलफल भएको थियो ।

सार्वजनिक हिंसाको मुद्धा महत्वपुर्ण विषय भएता पनि यस बिषयमा भने कम बहस हुने गरेको छलफलमा सहभागिहरुले बताएका छन् ।उनीहरुले सार्वजनिक स्थलमा हुने हिंसालाई संबोधन गर्न स्थानिय तहमा रहेको न्यायिक समितीलाई थप जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् । यस्तो कार्यक्रमलाई प्रभावकारी बनाउन स्तानिय तह, प्रहरी, जिल्लामा रहेका महिलाको क्षेत्रमा काम गर्दै आइरहेको समाजिक संघ संस्थाले अभियानको रुपमा काम गर्नु पर्नेमा सहभागिहरुले बताएका छन् ।

समाजलेनै बालिका,किशोरीलाई तिमी छोरी हौ सार्वजनिक स्थलमा हुने हिसां सहनु पर्छ भनेर सिकाइएको गैरसहकारी संस्था महासंघका केन्द्रिय सल्हाकार सृजना दनुवारले बताउनुभयो । जसले गर्दा आफु हिसांमा परेको भएपनी घर परिवारमा सुनाउन सकेको अवस्था नरहेको बताउनुभयो । पुरुषले जिस्काउनु स्वभाविक हो भनेर चुप लागेर बस्छौ तर त्यो हिसां हो भनेर भन्न नसक्दा पनी सार्वजनिक स्थानमा हिसांको घटना बढिरहेको उहाँले बताउनुभयो ।

यस्तै हिसां न्युनिकरण गर्न नेपालमा स्पष्ट कानुनी प्रावधान, कार्यन्वयन तहको सकृयता, संवेदनशिलता र समुदायमा अभियानहरु संचालन गरिनु पर्ने गैरसरकारी संस्थाका केन्द्रिय सदस्य महेश्वरी राईले जोड दिनु भएको छ ।

यसैगरी छलफलमा भएको प्रस्तुतिकरणमा उदयपुरको चौदण्डीगढी, त्रियुगा नगरपालीका, लिमचुङबुङ र उदयपुरगढी गाउपालीकाको तथ्यांक अनुसार सन् २०२०को जनवरी देखी डिसेम्बरसम्म सबैभन्दा बढि आदिवासी जनजाती समुदायका महिला र किशोरीहरु बढि हिंसामा परेको देखाईएको छ ।

तथ्याङ्क अनुसार उदयपुर जिल्लामा सार्वजनिक स्थलमा पनि महिला तथा किशोरी परिचित व्यक्तिबाट नै बढी असुरक्षित भएको तथ्याङ्कमा देखाईएको छ ।

ओरेक नेपालका जिल्ला संयोजक पम्फ पुरीले सञ्चालन गरेको छलफलमा ओरेक नेपालका कार्यक्रम अधिकृत प्रभा पौडेलले कार्यक्रम माथीको प्रकाश पार्नुभएको थियो ।