सरस्वती खोलामा एकतर्फी बाँधले घर कटानको उच्च जोखिम

0
401

राजावास । सरस्वती खोलामा एक तर्फी बाँध निमार्णले घर कटानको जोखिम उच्च रहेको छ । त्रियुगा नगरपालिका वडा नम्वर ९ को माथानेटोल तर्फ स्थानियको घर कटानको उच्च जोखिममा रहेको छ।

त्रियुगा नगरपालिका वडा नम्वर ९ ले खोला नियन्त्रण एकतर्फ मात्र गरेकोले घर,जग्गा कटान भइरहेको स्थानियको गुनासो छ । वडा कार्यलयले अहिले खोला देखी दक्षिण तर्फको १५० मिटरको वाध र जाली लगाएको छ ।तर उत्तर तर्फ बाँध तथा जाली निमार्ण नगरेकोले खोलाले कटान गरीरहेको छ ।

निरन्तर वर्षा र खोलामा आएको बाढीको कटानले जुनसुकै वेला घर बगाउन सक्ने स्थानिय कन्ता दनुवारले बताए । दनुवारले वाढीको कटानले खोला घर नजिकै पुगिसकेको बताए । उनले तत्काल जाली लगाएर रोकथामको लागी वडा संग माग गरे पनी चासो नराखेको गुनासो गरे ।
यता त्रियुगा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष धन बहादुर दनुवारले बाध निमार्णको तयारीमा रहेको बताए । त्यहाँ कुखुरा र्फम सहित ९ घर उच्च जोखिमा रहेको छ ।