निषेधाज्ञा अवधिमा ३ सय ७१ महिला तथा बालिकाहरु माथी हिसां भएको तथ्याङ्क सार्वजनिक 

0
294

उदयपुर । कोरोना संक्रमणका दोस्रो लहरमा ३ सय ७१ महिला माथी हिंसाका घटना भएको छ । जेठ १६ देखि जेठ ३१ सम्म तथ्यांकलाई आधार मानेर तथ्यांक सार्वजनिक गरेको हो ।
ओरेक नेपालले सार्वजनिक गरेको प्रेस विज्ञप्ति १८६ महिला माथि घरेलु हिंसा,७१ बलात्कार, २ बलात्कार ११यौन दुर्व्यवहार छन् भने यो अवधिमा २० जना महिलाले हिंसाका कारण ज्यान गुमाउनु परेको छ ।

 

संस्थाले गएको २ हप्तामा (जेठ १६ देखि जेठ ३१ गते सम्म) १७१ जना महिला तथा बालिका माथि विभिन्न किसिमको हिंसा भएको तथ्याङकले देखाएको छ ।

यस अवधिमा संकलन भएका हिंसाका घटना मध्ये ७३ जना महिला÷बालिका÷किशोरी बलात्कार भएको पाइएको छ, जसमध्ये ३ वटा सामूहिक बलात्कार र १ वटा बैवाहिक बलात्कार रहेका छन् । त्यस बाहेकका अन्य घटनाहरु घरेलु हिंसा, बलत्कार प्रयास, यौन दुव्र्यवहार, हत्या, मानव बेचविखन लगायतका घटनाहरु रहेका छन् ।

जसमध्ये बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरु मध्ये सबै भन्दा बढी ३६ प्रतिशत (२६ जना) महिला तथा बालिका छिमेकीबाट बलात्कृत भएका छन्, भने १९ प्रतिशत (१४ जना) बलात्कारका घटना आफ्नै परिवारका सदस्यहरु (जसमध्ये ५ वटा बुवावाट, १ वटा मामाबाट, २ वटा ससुराबाट, १ वटा जेठाजुबाट र ५ वटा परिवारका अन्य सदस्यबाट) भएको ओरेकको तथ्याङकले देखाएको हो ।यसैगरी १४ वटा प्रेमी ठानिएका व्यक्तिवाट, १ वटा शिक्षकबाट र १८ वटा घटना अन्जान व्यक्तिबाट भएको पाइएको छ ।

यसैगरी यस अवधिमा १८६ (५०%) जना महिलाहरुमाथि आफ्नै श्रीमान र परिवारका सदस्यहरुबाट घरेलु हिंसा भएको तथ्याँकले देखाएको छ । यस्तै, ४२ वटा सामाजिक हिंसा, ७१ वटा बलात्कार, २ वटा बलात्कारको प्रयास, ११ वटा यौन दुव्र्यवहार, २० वटा हत्या, ९ वटा हत्या प्रयास, ५ वटा आत्महत्या, ६ वटा मानव बेचविखन, १९ वटा अन्य प्रकारका हिंसा ( जसमध्ये ३ वटा आत्महत्या प्रयास, १ वटा एसिड आक्रमण र १५ वटा अलपत्र पारिएका) संग सम्बन्धित घटना अभिलेखिकरण भएका छन् ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको २ वटा हटलाईन, २३ मनोविमर्शकर्ता, विभिन्न जिल्लामा रहनु भएका महिला मानव अधिकार रक्षकहरु, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट यी घटनाहरु अभिलेखिकरण गरिएका हुन् । यी मध्ये ७० वटा घटनाहरु सञ्चार माध्यम घटनाबाट संकलन गरिएका हुन् । संस्थाले विगतका बर्षहरुदेखि नै माथि उल्लेखित स्रोतहरुको प्रयोग गरि घटना संकलन गर्दै आएको छ ।

तथ्याङक पुष्टि श्रोत व्यक्तिः लुभराज न्यौपाने, कार्यकारी निर्देशक ओरेक नेपाल ।