Tuesday, July 21, 2026
HomeUncategorizedलैंगिक हिंसा विरुद्धको १६ दिने भियान सुरू

लैंगिक हिंसा विरुद्धको १६ दिने भियान सुरू

उदयपुर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान देशव्यापी रूपमा सुरु भए संगै उदयपुरमा पनि विविध कार्यक्रम गरि सुभारम्भ भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने नाराका साथ १६ दिने अभियान सुरु भएको हो।

“महिला अधिकार रक्षकको पहिचानःहिंसा रहित उदयपुर हाम्रो अभियान” संगै ३३ औँ अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा लैंगिक हिंसाविरुद्ध विभिन्न संस्थाले जिल्ला भरि लागुऔषध दुव्र्यसनी र लैङ्गिक हिंसा सम्बन्धी स्कूल कार्यक्रम, श्रमिक महिलाहरुका सवालमा  अन्तक्रिया , हिंसा प्रभावित र द्धन्द्धपिडित महिलाहरुलाई मानसिक स्वास्थ्य बिषयमा कार्यक्रम,महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतिकात्मक नाटक प्रदर्शनी, सरोकारवाला पक्षहरूसँग बृहत् भेला गोष्ठीलगायत कार्यक्रम गर्ने जनाइएका छन्।

१६ दिने अभियानको सुभारम्भ कोशि प्रदेशका उप सभामुख माननिय सृजना दनुवारको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको हो । अभियानको सुभारम्भ गर्दै उहाँले यस अभियानले समाजमा रहेको लैंगिक हिंसा अन्तय हुन मद्धत पुग्ने बिश्वास लिएको बताउनुभयो । समाज रुपान्तरणका निम्ती सवैजना एकजुट भई आभियानमा ऐक्यवद्धता हुन आग्रह गर्नुभयो।

अभियानका क्रममा गाईघाटमा आज बिहान प्रभातफेरी गरिएको छ। प्रभातफेरीमा हिंसा त्यागौं, माया बाडौं, लैंगिक विभेद अन्त्यका लागि हातेमालो गरौं, जस्ता विभिन्न नाराहरु सहित प्लेकार्ड बोकेर सहभागिहरुले बजार परिक्रमा गरेका थिए ।

लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular