उदयपुर । मासवेस उदयपुरले कोरोना माहामारीको विच समस्यामा परेको अति विपन्न घर परिवारलाई राहात समाग्री वितरण गरेको छ ।
अहिले सम्म अति विपन्न घर परिवार र दलित समुदायका कमजोर घर परिवार २० जना भन्दा वढी परिवारमा राहात समाग्री वितरण गरेको मासवेश उदयपुरका अध्यक्ष तथा आभासा राष्ट्रिय अभियान केन्द्रिय संयोजक नजवुल खानले बताउनुभयो । राहात समाग्रीमा चिउरा,दाल,भुजा,चना,मटर,नुन,बिस्कुट आदी लगाएतको समाग्रहिरु वितरण गरेको हो । यस्तै उहाँले अहिले सम्म ६६५ जना वालवालिका लाई कपडा समेत वितरण गरेको बताउनुभयो ।
दास्रो चरणको कोरोना भाईरस माहामारीमा बचौ र बचाऔ अभियानका साथ विभिन्न संघ संस्था संगको सहकार्यमा राहात समाग्री लिएर विपन्न घर परिवारको घरमा पुग्ने गरेको खानले बताउनुभयो ।
ईस्लामिक संघ काठमाडौं ,युएयी एमबेसी,बि.बि.सी काठमाडौं ,नेपाल मुस्लिम संघ उदयपुर सस्थाहरुको मासवेस संग सहकार्यमा राहात वितरण भइरहेको उहाँले बताउनुभएको छ । यस्तै अभियानमा नेपाल महिला संघ केन्द्रीय सचिव धना खतिले ७ हजार, युबा व्यवसायी सुलिल ठाकुरले ५ हजार ५ सय रौता अस्पताल डा. सशीकान्त गुप्ताले ३ हजार, नेपाल महिला संघकी टीका देबी कटेलले २हजार ३ सय ससहयोग गरेको बताउनुभयोे ।
यस्तै आभियानमा हस्मत मिया ,कलिम खान लागएत साथ सहयोग रहेको बताउनुुभएको छ । गरिव घर परिवार पहिचान गरी खाध्य समाग्री वितरण गर्ने कार्य जारी रहेको मासवेस उदयपुरका ब्यवस्थापक सानू चौधरीले बताउनुभयो ।