जनचेतना जगाउदै घर दैलोमा सावुन लिएर पुगे वडा अध्यक्ष

0
331

राजावास । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ ले आफना वडाका नागरिकहरुलाई हात धुने सावुन वितरण गरिएको छ । शुक्रवार सुरक्षाकर्मीलाई संगै लिएर कोरोना भाइरसको वारेमा जनचेतना जगाउदै वडा अध्यक्ष धन वहादुर दनुवार र वडा प्रतिनिधिहरु वडावासीको घर दैलोमा हात धुने सावुन लिएर पुगेका हुन् ।

देशमा लकडाउनको समय नागरिकको अवस्था बुझदै यो महामारीको समय सरसफाईमा ध्यान दिनु पर्छ भनेर वडा वाट प्रतेक घरमा सावुन वितरण गरिएको वडा अध्यक्ष धन वहादुर दनुवारले बताउनुभयो । वडा भित्र रहेको टोल विकास माफर्त सावुन वितरण गरिएको छ । उहाले नागरिकहरुलाई लकडाउनको इमान्दारी पुर्वक पालना गर्न अनुरोध समेत गरेको छ ।