त्रियुगा नगरपालिका वडा नम्वर ८ले माक्स र सावुन बाड्दै

0
433

राजावास । त्रियुगा नगरपालिका वडा नम्वर ८ ले आफना वडावासीहरुलाई माक्स र हात धुने सावुन बाड्दै छ । कोरोना भाइरस कोभिड १९ ले विश्वमा नै आतङक मचाइरहदा अहिले नेपाली जनता त्रसित छन् ।

यस्तो वेला सरसफाइमा ध्यान दिएर लकडाउनको पालना गरियो भने यो भाइरसवाट बच्न सकिने सन्देश टोलटोलमा प्रवाह गर्दै माक्स र हात धुने सावुन वितरण गरिएको वडा अध्यक्ष कमल कुमार राउतले बताउनुभयो । उहाले अपरिचत व्यक्ति तथा संक्रमित देश वाट आएका नागरिकहरु वाट टाढै रहन आग्रह गर्नुभयो ।

त्यस्तै कोही विदेश वाट आएका व्यक्ति भए वडा कार्यलयमा जानकरी गराउन हुन समेत अनुरोध गर्नुभएको छ । त्यस्तै वडा सदस्य कमला बस्नेत कटुवालले लकडाउनको समय ज्याला मजदुरी गरेर छाक टार्ने मजदुरहरु तथा अति विपन्न घर परिवार समस्यामा परेकोले त्यस्ता परिवारको तथ्याङक संकलन गरेर वडा कार्यलयमा पठाउन टोल विकास संस्थाहरुलाई आग्रह गर्नुभएको छ । टोल विकासको मार्फत वडा भित्रको नागरिकहरुलाई माक्स तथा हात धुने सावुन वितरण गरिएको हो ।