आँखा अस्पताल क्वारेन्टाइनको लागि प्रयोग गर्न सकिने

0
354

उदयपुर । नेपाल नेत्र ज्योति संघद्वारा उदयपुरको गाईघाटमा संचालित मदन भण्डारी आँखा अस्पताल क्वारेन्टाइन र आईसोलेसन वार्डको रुपमा प्रयोग गर्न सकिने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमलाई न्यूनीकरण गर्न मदन भण्डारी आँखा अस्पताल प्रयोग गर्न १ नं. प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगरलाई जानकारी गराईएको छ ।

नागरिकको स्वास्थ्य सम्बेदनशिलतालाई विशिष्ट किसिमले सम्बोधन गर्नु राज्यको दायित्व भएको हुँदा यो संघिन घडिमा प्रदेश सरकारलाई सघाउन मदन भण्डारी आँखा अस्पताल तयार रहेको नेपाल नेत्रज्योति संघ तथा मदन भण्डारी आँखा अस्पतालका सभापति भागवत राउतले बताए । उनका अनुसार अस्पतालको ४२ कोठाको तीन तले भवनमा कम्तीमा ५० जना विरामीलाई उपचार गर्न सक्ने अवस्थाको भवन उपलब्ध गराउने प्रतिवद्ध रहेको जानकारी दिए ।