जघन्य अपराधका घटनाहरु प्रति मानव अधिकारकर्मीहरुको गम्भीर ध्यानकर्षण

0
29

उदयपुर । पछिल्लो समय उदयपुरमा माहिला माथी भईरहेको जघन्य अपराधका घटनाहरु प्रति मानव अधिकारकर्मी र सामाजिक संघ सस्थाहरुको गम्भीर ध्यानकर्षण भएको छ ।

मंगलवार जिल्लाका मावन अधिकारकर्मीहरुको समुहले जिल्ला प्रशासन कार्यलय उदयपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे र जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक हरिहर नाथ योगिलाई ध्यानकर्षण पत्र बुझाएको छ ।
असोज २२ गते बेलका नगरपालिका वडा नम्वर ८ बेस क्याम्प छेउ स्थानिय घर भई बस्दै आएकी पुर्ण कुमारी राईलाई उनकै श्रिमान ४८ बर्षिय दान बहादुर राईले समान्य घरायसि झगडाको निहुँमा श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको छ ।

यस्तै महिला माथि जघन्य अपराधका घटनाहरु उदयपुर जिल्लामा मात्र भाद्र २० गते र असोज २२ गते एकै दिन दुईवटा घटना घटाइएको छ । जसमा कटारी नगरपालिका १० सोरुङ्ग छविसेमा एक महिला सहित छोराको खुकुरी प्रहार गरि हत्या गरे यसैगरि त्रियुगा नगरपालिका वडा नम्वर ६ अस्थायी बसोवास गर्ने एक महिलालाई सम्वन्ध बिछेद गरिसकेका श्रिमानले टाउको काटी विभत्स हत्या गरेका थिए ।

यस्ता घटनाहरुले महिला अधिकार र सुरक्षाको संरक्षणमा गम्भिर चिन्ह खडा गरेको अधिकारकर्मीहरुले बताएको छ । जघन्य अपराधको घटनामा राज्यलाई मौन रुपमा साक्षी नहुन आग्रह गर्दै घटनाहरुको निष्पक्ष छानविन,दोषिलाई कडा भन्दा कडा कारवाहि र मृतकको सन्तानको सुरक्षा तथा संरक्षणको जोडदार माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय उदयपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र न्यायप्रतिको प्रतिबद्धता पुरा गर्न लागि परेको बताए ।

उदयपुर लगाएत देशभर बढ्दो जघन्य र बिभत्स अपराधहरुलाई समाजवाटै सधैका लागि निर्मुल गर्न घटनाको जरो कारण पत्ता लगाएर सोहि बमोजिमका रणनीति तथा कार्ययोजना निमार्णका लागि गृह प्रशासन सम्वन्धित सवै सरोकारवला निकाय समक्ष आवहन गर्दै जिल्लाका कृयाशिल संस्थाहरु महिला मानव अधिकार रक्षक संजाल,महिला पुर्नस्थापना केन्द्र ओरेक,सामाजिक विकास तथा परिवर्तन विकास केन्द्र,सामाजिक उत्थान केन्द्र,मानव अधिकारका लागि महिला एकल महिला जिल्ला संजाल,महिला शसक्तिकरण स्रोत केन्द्र र माव अधिकार एलाइन्सले संयुक्त रुपमा ध्यानकर्षण पत्र बुझाएका छन् ।