उदयपुर । नेपाल नेत्र ज्योती संघ उदयपुर द्धारा वि.स.२०६५ शाल देखि संचालित आँखा उपचार केन्द्र र विगत अढाई बर्ष देखि मदन भण्डारी आँखा अस्पताल बाट हाल सम्म २ लाख ९ हजार ८ सय १५ जनाले सेवा लिएका छन् । जसमा महिला १ लाख १४ हजार ४६ जना र पुरुष ९५ हजार ७ सय ६९ जनाले आँखाको चेकजाच गरि उपचार तथा सेवा लिएका छन् ।
बिहिवार अस्पतालकै सभा कक्षमा पत्रकार सम्मेलन मार्फत सो बारेमा नेपाल नेत्र ज्योती संघ उदयपुरका सभापती भागवत राउतले जानकारी दिनुभयो ।
त्यसैगरि ३१ हजार १ सय १२ जना बालबालिकाले आँखा सम्वधी सेवा पाएका छन् । यस्तै अस्पतालबाट १२ पटक संचालन गरिएको निशुल्क शल्यक्रियाबाट ७ सय ७० जनाले सेवा पाएका छन् । २०६० सालमा स्थापना भएको सस्थाले २०६५ शाल देखि नेत्र ज्योती संघको व्यवस्थापन र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा प्राथमिक तहको आँखाको चेकजाच तथा उपचार गर्दै आइरहेको छ ।
१५ विधालयको बालवालिकाहरुको आँखाजाँच गर्ने आँखामा समस्या भएका विधार्थीहरुलाई निशुल्क चश्मा वितरण,आँखा शिविर संचालन गरि निशुल्क शल्यक्रिया ६५ जना स्वास्थ्य स्वयम सेविका र सामुदायिक विधालयका २५ जना शिक्षकलाई आँखा जाच सम्वन्धी सचेतनामुलक तालिम बार्षिक रुपमा प्रदान गर्दै आइरहेको सभापती राउतले जनाउनुभयो । यस्तै कारागारका कैदी वन्दी लगायत समुदायमा रहेका जेष्ठ नागरिक र अत्ति विपन्न नागरिकहरुलाई आँखा शल्यक्रिया संगै निशुल्क चश्मा वितरण गरिदै आएको बताउनुभयो ।
यस्तै सानीमा बैंकको १५ लाख सहयोगमा ¥याम्प निमार्ण गरिएको छ । यसैगरि सानीमा रिलायन्स जीवन बिमा कम्पनी वाट १५ लाख बित्तिय सहयोगमा चमेना गृह र स्तनपान कक्ष निमार्ण गरिएको जनाएको छ ।
यस्तै संघले आँखा अस्पताल आत्म निर्भर बन्नको लागि स्थानिय निकायहरु संग कुनै पनि किसिमको आर्थिक सहायता र अनुदान रकम नलिने उदयपुर जिल्लावाट पहिलो घोषणा गरिएको हो । यस्तै आँखा उपचार केन्द्रले दलित समुदायका नागरिकहरुलाई १० प्रतिशत छुट सहित एम्वुलेन्स सेवा समेत प्रादन गर्दै आइरहेको जनाएको छ ।